बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जीएसी आयोन भी पनि काठमाडौं आइपुग्यो, नाडामा राखिने

सोमबार, भदौ १० २०८१
जीएसी आयोन भी पनि काठमाडौं आइपुग्यो, नाडामा राखिने

काठमाडौं- सीजी मोटर्सले नेपाल भित्र्याएको जीएसीको सबब्रान्ड आयोनको नयाँ मोडल काठमाडौं आइपुगेको छ। नाडा अटो शोमा प्रदर्शनी गर्नेगरि सीजी मोटर्सले आयोन भी ल्याएको हो। 

हाल सीजी मोटर्सले जीएसी आयोन वाई बिक्री गर्दै आएको छ। आयोन भी कम्प्याक्ट क्रसओभर एसयूभी हो। यो कार कम्पनीले पहिलो पटक २०२० मा सार्वजनिक गरेको थियो। 

यो कारमा १ सय ३५ किलोवाटको मोटर जडान गरिएको छ। आयोन भी ५०, ७० र ८० किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध छ। तर नेपालमा ६० किलोवाट आवर ब्याट्री प्याकवाला आएको अनुमान गरिएको छ। 

आयोन भीको ह्वील वेस २८ सय ३० एमएमको रहेको छ। त्यस्तै यो कारको लम्बाई ४५ सय ८६ एमएम, चौडाई १९ सय २० एमएम र उचाई १७ सय २८ एमएम रहेको छ। 

 


प्रकाशित : सोमबार, भदौ १० २०८११८:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend