बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडा अटो शोमा राख्न बीवाईडीले ल्यायो नयाँ विद्युतीय कार ‘सिलायन सेभेन’

सोमबार, भदौ १० २०८१
नाडा अटो शोमा राख्न बीवाईडीले ल्यायो नयाँ विद्युतीय कार ‘सिलायन सेभेन’

सिलायन सेभेन दुई ब्याट्री अप्सन ७१.८ र ८०.६४ किलोवाट आवरमा उपलब्ध छ। चीनमा यो कार तीन मोटर अप्सन १७०, २३० र ३९० किलोवाटमा पाइन्छ।

काठमाडौं- विश्वको सबैभन्दा धेरै विद्युतीय कार बिक्रेता कम्पनी बीवाईडीले नाडा अटो शो २०२४ मा प्रदर्शनीका लागि नयाँ विद्युतीय कार ल्याएको छ। बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ कार भित्र्याएको हो। 

मंगलबारदेखि सुरु हुने नाडा अटो शो २०२४ मा प्रदर्शनीका लागि साइमेक्सले बीवाईडी सिलायन सेभेन ल्याएको छ। कम्पनीले यो नयाँ विद्युतीय कार तत्काल बिक्रीका लागि नभइ अटो शोमा प्रदर्शनीमा राख्ने छ। 

नाडाका लागि नेपाल आएको सिलायन सेभेन राइट ह्यान्ड ड्राइभ भर्सन नै हो। मिडसाइज एसयूभी सिलायन बीवाईडीले २०२३ नोभेम्बरमा पहिलो पटक सार्वजनिक गरेको थियो। 

साइमेक्स इंकले बीवाईडी सिलायनलाई नाडामा उच्च प्राथमिकताका साथ राख्नेछ। यसको लम्बाइ ८४ सय ३० एमएम, चौडाइ १९ सय २५ एमए, उचाइ १६ सय २० एमएम रहेको छ भने यो विद्युतीय एसयूभीको ह्वील वेस २९ सय ३० एमएम रहेको छ। 

सिलायन सेभेन दुई ब्याट्री अप्सन ७१.८ र ८०.६४ किलोवाट आवरमा उपलब्ध छ। चीनमा यो कार तीन मोटर अप्सन १७०, २३० र ३९० किलोवाटमा पाइन्छ। सिलायन सेभेन स्ट्यान्डर्डले एक पटकको फुल चार्जमा ५ सय ५० किलोमिटर र लङ रेन्जले ६  सय १० किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ। 

साइमेक्स इंकले नेपाल ल्याएको सिलायन सेभेट कुन ब्याट्री अप्सनको भन्ने खुलाएको छैन। 

हाल बीलाईडीले नेपाली बजारमा एटो थ्री, डलफिन र सिल सेडान कार बिक्री गर्दै आएको छ। नाडा अटो शोलाई नै लक्षित गर्दै साइमेक्सले गएको साता एटो थ्री २०२४ सार्वजनिक गरेको थियो।  


प्रकाशित : सोमबार, भदौ १० २०८११३:२१
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend