बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

यस्तो देखियो काठमाडौं आइपुगेको जीकर एक्स

शनिबार, भदौ ८ २०८१
यस्तो देखियो काठमाडौं आइपुगेको जीकर एक्स

जीकर एक्समा ६६ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। अल ह्वील ड्राइभ अप्सनयुक्त जीरकमा अगाडि १ सय १५ र पछाडि २ सय किलोवाट गरेर कुल ३ सय १५ किलोवाट पिक पावरको मोटर रहेको छ।

काठमाडौं- चिनियाँ सवारी उत्पादक कम्पनी जीकरको विद्युतीय कार जीकर एक्स काठमाडौं आइपुगेको छ। जीकरको आधिकारिक बिक्रेता सारडा समूहअन्तर्गतको पायोनियर मोटोकर्पले जीकर एक्स ल्याएको हो। 

कम्पनीले उक्त ब्रान्ड र प्रोडक्ट नाडा अटो शोमा सार्वजनिक गर्ने बताएको छ। त्यस्तै पायोनियरले जीकरको शोरुम थापाथलीमा निर्माण गरिरहेको छ। 

व्यापारिक घरानाबीच जीकरको आधिकारिक बिक्रेता बन्न तीब्र प्रतिस्पर्धा रहेको थियो। उक्त प्रतिस्पर्धाबीच सारडा समूहअन्तर्गतको पायोनियर मोटोकर्प जीकरको आधिकारिक बिक्रेता बन्न सफल भएको थियो। 

आधिकारिक बिक्रेता बनेलगत्तै पायोनिकर मोटोकर्पले नाडा अटो शो २०२४ मा सहभागी हुन स्टलसमेत बुक गराएको थियो। 

zeekr x2.jfif

पायोनियरले सुरुमा जीकरको एउटा मोडल नेपाली बजारमा ल्याउने छ। नाडा अटो शोमा उक्त ब्रान्डको विद्युतीय कार प्रदर्शनीमा राखिने छ। हालैमात्र जीकरले राइट ह्यान्ड ड्राइभ ईभी उत्पादन सुरु गरेको थियो। कम्पनीले आयात गरेको जीकर एक्स काठमाडौं आइपुगेको छ। 

नाडा अटो शो २०२४ आगामी भदौ ११ गतेदेखि सुरु हुँदैछ। सोही दिन जीकर ब्रान्ड र मोडल जीकर एक्स औपचारिक रुपमा सार्वजनिक गरेर बिक्री सुरु गर्ने तयारी कम्पनीले गरेको छ।  

जीकर ब्रान्ड २०२१ मार्चमा स्थापना भएको थियो। जीकर इन्टेलिजेन्ट टेक्नोलोजी होल्डिङ लिमिटेड जीली अटोमोबाइल होल्डिङसको स्वामित्वमा रहेको छ। जीकरका विद्युतीय कार सस्टेनेवल एक्सपेरियन्स आर्किटेक्चर (एसईए) प्लेटफर्ममा बन्दै आएको छ। 

जीकर जीली होल्डिङस अन्तर्गतको प्रिमियम ईभी ब्रान्ड हो। अहिले जीकरसँग ५ वटा मोडलका विद्युतीय कार छन्। जसअन्तर्गत जीकर एक्स, जीकर ००७, जीकर ००९, जीकर ००१ एफआर र जीकर मिक्स छ। यी सबै कार राइट ह्यान्ड ड्राइभमा उत्पादन सुरु गइसकेको छैन। हाल जीकरले जीकर एक्स राइट ह्यान्ड ड्राइभमा उत्पादन सुरु गरेको छ। यही विद्युतीय कार नेपाल आएको हो। 

zeekr x1.jfif

जीकर एक्समा ६६ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। अल ह्वील ड्राइभ अप्सनयुक्त जीरकमा अगाडि १ सय १५ र पछाडि २ सय किलोवाट गरेर कुल ३ सय १५ किलोवाट पिक पावरको मोटर रहेको छ। 

त्यस्तै रेयर ह्वील ड्राइभमा २ सय किलोवाट पिक पावरको मोटर रहेको छ। रेयर ह्वील ड्राइभ जीकर एक्सको अधिकतम गति १ सय ९० किलोमिटर प्रतिघण्टाको छ भने शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ३.८ सेकेन्डमा तय गर्न सक्छ। 

यो कारले एकपटकको फुल चार्जमा ४ सय किलोमिटरभन्दा रेन्ज दिने डब्लूएलटीपी प्रमाणित रहेको छ। जीकर एक्सको लम्बाई ४४ सय ३२ एमएम, चौडाई १८ सय ३६ एमएम र उचाई १५ सय ६६ एमएम रहेको छ। 

पायोनियर मोटोकर्पले जीकर एक्सको मूल्य ८९ लाख ९९ हजार रुपैयाँ र १ करोड ५९ लाख रुपैयाँ रहने जनाएको छ। 


प्रकाशित : शनिबार, भदौ ८ २०८११५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend