बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चालु आवको पहिलो महिनामै भित्रिए ३ सय ८१ विद्युतीय कार

शुक्रबार, भदौ ७ २०८१
चालु आवको पहिलो महिनामै भित्रिए ३ सय ८१ विद्युतीय कार

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो पहिना साउनमै गत आवको सोही अवधिको तुलनामा विद्युतीय सवारीको आयात बढेको छ। चालु आवको साउन महिनामै ३ सय ८१ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन्।

यो संख्या गत आव २०८०/०८१ को साउन महिनाको तुलनामा २ सय ७१ ले बढी हो। गत आवको पहिलो महिना साउनमा १ सय १० वटा विद्यतुीय सवारी नेपाल भित्रिएका थिए।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा ९० करोड रुपैयाँ बराबरको विद्युतीय कार/जिप/भ्यान नेपाल भित्रिएका छन्।

उक्त सवारी नेपाल भित्रिँदा सरकारले ५२ करोड १८ लाख रुपैयाँबराबरको राजस्व संकलन गरेको छ। गत आवको साउन महिनामा ३४ करोड रुपैयाँ बराबरका विद्युतीय कार नेपाल भित्रिएका थिए भने सरकारले १८ करोड २३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।

चालु आवको साउनमा ५० किलोवाटसम्ममा १ सय १६ वटा र ५१ देखि १०० किलोवाटसम्ममा २ सय १६ वटा विद्युतीय कार/जिप/भ्यान नेपाल भित्रिएका छन्।

यसैगरी १०१ देखि २०० किलोवाटसम्ममा १, २०१ देखि ३०० किलोवाटसम्ममा २ र ३०१ माथिका एउटा विद्ययुती सवारी नेपाल भित्रिएको विभागले जनाएको छ।


प्रकाशित : शुक्रबार, भदौ ७ २०८११७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend