बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुजुकीको नयाँ स्वीफ्ट नाडा अटो शोमा सार्वजनिक हुने

शुक्रबार, भदौ ७ २०८१
सुजुकीको नयाँ स्वीफ्ट नाडा अटो शोमा सार्वजनिक हुने

नयाँ एपिक स्विफ्टको नयाँ जेड-सिरिज इन्जिन आधुनिक पावरट्रेन हो जसले पर्फमेन्ट र सस्टेनेबिलिटीको नयाँ आयाम ल्याउँछ, जसले यसलाई आफ्नो सेग्मेन्टमा सबैभन्दा उत्तम  ह्याचब्याक बनाउँछ।

काठमाडौं- नेपालका लागि सुजुकी ब्रान्डका चारपांग्रे सवारी साधनका आधिकारिक बिक्रेता सीजी मोटोकर्पले नाडा अटो शो २०८१ मा एपिक न्यू स्वीफ्ट सार्वजनिक गर्ने तयार गरेको छ। सीजी मोटोकर्पका अनुसार गाडी पहिलो दिनदेखि नै अटो शोमा प्रदर्शनमा राखिनेछ भने  मूल्यको जानकारी पनि त्यसबेला उपलब्ध हुनेछ।

२००५ मा लन्च भएदेखि नै स्वीफ्ट नेपाली अटोमोबाइल क्षेत्रमा स्टाइल र स्पोर्टीनेसको पर्यायबाचीको रुपमा रहँदै आएको छ। स्वीफ्टलाई नेपाली ग्राहकहरूले यसको स्पोर्टी लुक्स, शक्तिशाली  इन्जिन, प्रशस्त क्याबिन स्पेस, र ड्राइभर-मैत्री ह्यान्डलिङका कारण रुचाएको हो। 

नयाँ एपिक स्विफ्टको नयाँ जेड-सिरिज इन्जिन आधुनिक पावरट्रेन हो जसले पर्फमेन्ट र सस्टेनेबिलिटीको नयाँ आयाम ल्याउँछ, जसले यसलाई आफ्नो सेग्मेन्टमा सबैभन्दा उत्तम  ह्याचब्याक बनाउँछ। एपिक नयाँ स्विफ्टमा थुप्रै नयाँ युगका प्रविधि र फिचरहरु समावेश गरेको छ, जसले ग्राहकको  ड्राइभिङ अनुभव आरामदायी र रमाइलो हुने कम्पनीले जनाएको छ।

नयाँ स्वीफ्टको विशेषताहरुलाई पाँच प्रकारले परिभाषित गर्न सकिन्छ। पहिलो आकर्षक एक्सटेरियर, दोस्रो आरामदायी क्याविन, तेस्रो आधुनिक सेफ्टी सिस्टम, चौथो रमाइलो ड्राइभिङ अनुभव र पाँचौँ उन्नत प्रविधि। क्याबिनमा ‘सेन्टर फ्लोटिङ डिजाईन’ सहितको नयाँ लेआउट छ जसले प्रिमियम फिल र आरामदायी ड्राइभिङ अनुभव प्रधान गर्नेछ।

स्विफ्टको सिगनेचर सिल्हाउटलाई कायम राख्दै नयाँ स्विफ्टमा कmयपथ एलईडी प्रोजेक्टर हेडलाइटहरू र बुमर्‍याङ एलईडी डीआरएल, कालो फ्रन्ट ग्रिल, एलईडी फ्रन्ट फग लाइट, सिगनेचर एलईडी रियर ल्याम्प्स र ३८.१० सेन्टिमिटर (१५ इन्च) टू-टोन एलोय व्हिल्सले स्विफ्ट को लुक्स अझै फ्युचरिस्टिक बनाएको छ। 

ड्राइभर ओरियन्टेड ड्यासबोर्ड डिग्रीको झुकावले ड्राइभर र कारको बीचमा मेल उत्पन्न गर्छ भने २२.८६ सेमी (९ इन्च) स्मार्टप्ले प्रो प्लस इन्फोटेन्मेन्ट सिस्टम, पछाडिको सिट यात्रुहरूको लागि छिटो चार्ज गर्ने ए र सी प्रकारको यूएसबी पोर्ट, पछाडिको एसी भेन्ट्स, क्रूज कन्ट्रोल, ६०ः४० पछाडिको सिटर कीलेस इन्ट्रीले सबै यात्रुहरूको लागि सहजता र सुविधा सुनिश्चित गर्छ।

ड्राइभर र यात्रुहरूको सुरक्षालाई विशेष ध्यानमा राखि न्यू स्वीफ्टमा विभिन्न एक्टिभ र प्यासिभ फिचरहरु समावेश गरेको छ। स्ट्यान्डर्ड सुरक्षा सुविधाहरू जुन सबै भेरियन्टमा ६ वटा एयरब्यागहरू, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल होल्ड असिस्ट, एन्टी-लक ब्रेकिङ सिस्टमसँग इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन र ब्रेक असिस्ट, ३-प्वाइन्ट सिटबेल्टहरू सबै सिटहरूमा रिमाइन्डरसहित समावेश छन् जुन सबै भेरियन्टमा उपलब्ध हुनेछन्। यसले विभिन्न अवस्थामा सम्पूर्ण सुरक्षा र स्ट्याबिलिटी प्रदान गर्नेछ। 

यसबाहेक यो प्रिमियम ह्याचब्याकमा थप सहजताको लागि वाइड भ्यूसहितको रिभर्स क्यामेरा पनि समावेश गरिएको छ। सुजुकीले स्वीफ्टमा पहिलो पटक आफ्नो नयाँ जेड-सिरिज इन्जिनको प्रयोग गरेको छ।

यो अत्याधुनिक इन्जिन पावरफूलमात्र नभइ यसले सेग्मेन्टमा सबैभन्दा धेरै २५.७५ किमि प्रतिलिटरसम्मको माइलेज प्रधान गर्नेछ जुन पुरानो स्वीफ्टभन्दा १४ प्रतिशतले ज्यादा हुन्छ। 

नयाँ चौथो पुस्ताको स्वीफ्टले आफ्नो स्टाइलिस लुक, आधुनिक फिचर, पावरफूल इन्जिन, उत्कृष्ट  माइलेज र सुरक्षा सुविधाहरूले ह्याचब्याकको परिभाषा बदल्ने विश्वास कम्पनीले लिएको छ।


प्रकाशित : शुक्रबार, भदौ ७ २०८११२:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend