बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडा अटो शोमा दिपल एल ०७ का अलावा अर्को ईभी सार्वजनिक गर्दै एमएडब्लू वृद्धि

शुक्रबार, भदौ ७ २०८१
नाडा अटो शोमा दिपल एल ०७ का अलावा अर्को ईभी सार्वजनिक गर्दै एमएडब्लू वृद्धि

यसका साथै एमएडब्लू वृद्धिले दिपल एल ०७ बाहेक नयाँ ईभी मोडेल प्रदर्शन गर्ने संकेत दिएको छ।

काठमाडौं- दिपलको नयाँ विद्युतीय कार नेपाली बजारमा आउने भएको छ। हाल दिपलको एस ०७ बिक्री भइरहेको छ भने एल ०७ नाडा अटो शोमा सार्वजनिक हुँदैछ। यसका अलावा दिपलको अर्को विद्युतीय कार पनि आउने भएको छ। 

प्रविधि र डिजाइनका कारण छोटो समयमै नेपाली ईभीप्रेमीको रोजाइमा पर्न सफल प्रिमियम विद्युतीय एसयूभी दिपल एस ०७ पछि नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले यो वर्षको नाडा अटो शोमा दिपल एल ०७ विद्युतीय सेडान सार्वजनिक गर्ने तयारी गरिरहेको छ। 

यसका साथै एमएडब्लू वृद्धिले दिपल एल ०७ बाहेक नयाँ ईभी मोडेल प्रदर्शन गर्ने संकेत दिएको छ। 

दिपल एल ०७ ले एस ०७ ले स्थापित गरेको ड्राइभिङ अनुभवको मापदण्डलाई अझै माथि पुर्याउने विश्वास चांगानले लिएको छ। अघिल्लो सिब्लिङमा जस्तो नयाँ एल ०७ मा पनि वेलकम सिट, एआर एचयूडी, जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रिन जस्ता इनोभेटिभ फिचरहरुका साथै ५ सय ४० किलोमिटरको आकर्षक रेन्ज पनि दिन्छ। चांगान नेपालले यो विद्युतीय सेडानले दर्शकको ध्यान तान्ने अपेक्षा गरेको छ। 

तथापी एमएडब्लू वृद्धि अटोकर्पले एल०७ बाहेक सार्वजनिक गर्ने तयारी गरेको नयाँ ईभीबारे कुनै पनि जानकारी बाहिर ल्याएको छैन। ‘एमएडब्लू वृद्धिले ल्याउने यो नयाँ ईभीले ड्राइभिङ अनुभवलाई पुनः परिभाषित गर्नेछ। 

यसले आफ्नो ट्यागलाइन दच द फ्युचरलाई नयाँ अर्थ दिनेछ,’ एमएडब्लु वृद्धिको व्यवस्थापन भन्छ, ‘अत्याधुनिक प्रविधि र नविनतम सुविधाले भरिएको यो नयाँ इभीले भविष्यको भावनालाई झल्काउनेछ जहाँ डङाइभिङ एउटा आवश्यकता मात्र होइन, एउटा पूर्ण रुपको अनुभव पनि हुनेछ।’

एमएडब्लू वृद्धिले यो ‘गोप्य मोडल’लाई नाडा अटो शोको पहिलो दिन सार्वजनिक गर्नेछ। ‘यो ईभीले एस०७ को नवीनता र सफलतालाई पार गर्नेछ वा नयाँ स्थान सिर्जना गर्नेछ? यसको जवाफ नाडा अटो सोको पहिलो दिन मिल्नेछ,’ कम्पनी स्रोतले अगाडि भनेको छ।

१६२ वर्ष लामो विरासत बोकेको ग्लोबल अटोमोटिभ लिडर चांगान वृहत अनुभव र नविनतम प्रविधिप्रति सदा प्रतिबद्ध छ। विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएलको ब्याट्री प्रयोग भएको दिपलका ईभीले अद्वितीय रेन्ज, विश्वसनियता र प्रदर्शन प्रत्याभूत गर्छ। चिनियाँको टेक्नोलोजी जायन्ट हुवावेको प्रविधि प्रयोग भएको दिपल ईभीले मानव र मेसिनबीच अखण्ड सञ्चार स्थापित गर्न मद्दत गर्छ।


प्रकाशित : शुक्रबार, भदौ ७ २०८१११:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend