बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आकर्षक डिजाइन र अत्याधुनिक विशेषताले भरिएको नामी ०१ ईभी सार्वजनिक

शुक्रबार, भदौ ७ २०८१
आकर्षक डिजाइन र अत्याधुनिक विशेषताले भरिएको नामी ०१ ईभी सार्वजनिक

आकर्षक डिजाइन र अत्याधुनिक विशेषताले भरिएको नामी ०१ उपभोक्ताको रोजाइमा पर्ने विश्वास कम्पनीले लिएको छ।

काठमाडौं- चिनियाँ सवारी उत्पादक कम्पनी डोङफेङको सब ब्रान्ड नामीको विद्युतीय कार नामी ०१ नेपाली बजारमा सार्वजनिक भएको छ। नामीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले बिहीबार नामी ०१ सार्वजनिक गरेको हो। 

एमएडब्लू वृद्धि अटोकर्पले बिहीबार सार्वजनिक गरेर नामी ०१ बिक्री सुरु गरेको छ। आकर्षक डिजाइन र अत्याधुनिक विशेषताले भरिएको नामी ०१ उपभोक्ताको रोजाइमा पर्ने विश्वास कम्पनीले लिएको छ। 

नामी ई १ नाम दिएर कम्पनीले सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै नामी ई २ को मूल्य ३१ लाख ९९ हजार रुपैयाँ र ई ३ को मूल्य ३४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। 

बजारमा विद्युतीय कारको प्रतिस्पर्धा बढ्दै गएकाले आयातकर्ता कम्पनीहरूले प्रतिस्पर्धी मूल्यमा विद्युतीय कार उपलब्ध गराउन थालेका हुन्। एमएडब्लू वृद्धि अटोकर्पले बिहीबार साँझ नामी ०१ को मूल्य औपचारिक रुपमा सार्वजनिक गरेको हो।  

कम्पनीले नामी ०१ केही महिनाअघि नै नेपाली बजारमा ल्याएर परीक्षण गरेको थियो। सबै प्रक्रिया पूरा गरेर एमएडब्लूले बिहीबारदेखि नामी ०१ ईभीको बिक्री सुरु गरेको हो। 

नामी सार्वजनिक गर्दै एमएडब्लू वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवालले ह्याचब्याक सेगमेन्टका यो कार प्रतिस्पर्धी ब्रान्डका कारको तुलनामा आकर्षक र अत्याधिक विशेषतायुक्त रहेको बताए।

nammi 1.jpg

नामी ०१ सबकम्प्याक सेगमेन्टको विद्युतीय कार हो। यसमा धेरै ‘सेग्मेन्ट फस्ट’ प्रिमियम विशेषता रहेको कम्पनीले जनाएको छ। यसको एक्टेरियरमा फ्रमलेस डोर, फ्लस डोर ह्याण्डल, फ्लोटिङ कन्ट्रास रुफलगायत विशेषता छन्। 

यसको इन्टेरियरमा डाइमन्ड क्लिल्टेड ड्यासबोर्ड, ३६० डिग्री क्यामरा, १२ इन्चको सेन्टर टचस्कृन डिस्प्ले, ५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, अटोमेटिक पार्किङ, एड्भान्स एडास सिस्टम, इन्टेलिजेन्ट भोइस कन्ट्रोल, ३२ कलरको एम्बीयन्ट लाइट, वायरलेस फोन चार्जर, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट यो कारमा छ।  

नामी ०१ नेपाली बजारमा ३१.४ र ४२.३ किलोवाट आवरको दुई एलएफपी ब्याट्री अप्सनमा उपलब्ध भएको छ।

nammi 2.jpg

नाडा अटो शोका लागि एमएडब्लू वृद्धिले थप विशेष सुविधा उपलब्ध गराउने अनुमान गरिएको छ। ठूलोे व्याट्री अप्सनमा उपलब्ध नामी ०१ ले एक पटकको फुल चार्जमा ३ सय १० किलोमिटरको रेन्ज दिने दाबी कम्पनीले गरेको छ। 

नामी-०१ मा ७० किलोवाट पिक पावर क्षमताको मोटर छ। यो मोटरले ९४ हर्सपावर तथा १ सय ६० एनएम टर्क जेनेरेट गर्छ। नामी ०१ को अधिकतम गति १ सय ४० किलोमिटर प्रतिघण्टा रहेको छ। 


प्रकाशित : शुक्रबार, भदौ ७ २०८११०:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend