बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडा अटो शोमा काईले ३ वटा मोडल सार्वजनिक गर्ने

मंगलबार, भदौ ४ २०८१
नाडा अटो शोमा काईले ३ वटा मोडल सार्वजनिक गर्ने

आजबाट सुरु भएको यो क्याम्पेन भदौ १० गतेसम्म चल्ने कम्पनीले जानकारी दिएको छ।

काठमाडौं- नेपालको लागि काई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटीले आउँदै गरेको नाडा अटो शोमा लन्च गरिने आफ्ना ३ वटा गाडीका मोडलको नाम बताएर पुरस्कार जित्ने सोसल मिडिया क्याम्पेन सुरु गरेको छ।

जसअन्तर्गत सहभागिता जनाउन काई नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गएर त्यहाँ रहेको प्रश्नको उत्तर लेख्नु पर्नेछ।

क्याम्पेनमा सहभागी हुन काई नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा जोडिन सकिन्छ।

सहभागीमध्येबाट सबै तीन मोडलहरूको सही पहिचान गरी उत्तर दिने एकजना भाग्यशाली विजेताले जर्मनको प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्नेछन्। काई नेपालको सोसल मिडिया फलोवर्स र फ्यानहरुले यस रमाइलो क्याम्पेनमा अनुमान गरी भाग्यशाली विजेता बन्न सक्ने कम्पनीले जनाएको छ।

आजबाट सुरु भएको यो क्याम्पेन भदौ १० गतेसम्म चल्ने बताइएको छ। 

आउँदै गरेको नाडा अटो शोमा काई अटोमोबाइल्सको स्टल नम्बर एच-16 मा गएर केई ब्रान्ड र नाडामा लन्च गरिने काईका गाडीहरुबारे जानकारी लिनसमेत कम्पनीले आग्रह गरेको छ।


प्रकाशित : मंगलबार, भदौ ४ २०८११४:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend