बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

धितोपत्र बोर्डको सञ्चालकमा महासंघद्वारा अवस्थी सिफारिस

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ ४ २०८१
धितोपत्र बोर्डको सञ्चालकमा महासंघद्वारा अवस्थी सिफारिस

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा गोकर्ण अवस्थीलाई सिफारिस गरेको छ। 

धितोपत्र बोर्ड पुँजी बजारको नियामक संस्था हो। बोर्डमा महासंघको प्रतिनिधि सञ्चालक सदस्य रहने गर्दछ।

अवस्थी विगत साढे ३ वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघमा महानिर्देशकको रूपमा कार्यरत छन्। अवस्थीले वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् भने काठमाडौं विश्वविद्यालयबाट राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि गर्दैछन्। उनले भारतीय जनसञ्चार संस्थानबाट विकास पत्रकारितामा  डिप्लोमा गरेका छन्।

महासंघमा कार्यभार सम्हाल्नुअघि अवस्थी नेपालस्थित संयुक्त राष्ट्र संघ कार्यालयमा दिगो विकास लक्ष्य सल्लाहकारको रूपमा कार्यरत थिए।

त्यसअघि करिब दुई दशक पत्रकारिता गरेका अवस्थी एक दशकभन्दा बढी समय कान्तिपुर दैनिकमा आर्थिक सम्पादक थिए। उनी नेपाल आर्थिक पत्रकार समाजका पूर्वअध्यक्ष पनि हुन्। अवस्थीले नेपाल व्यवस्थापन संघले प्रदान गर्ने प्रतिष्ठित सम्मान मनेजर अफ द ऐयर २०२३ प्राप्त गरेका छ्न्।


प्रकाशित : मंगलबार, भदौ ४ २०८११०:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend