बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ ३ २०८१
परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

द्विपक्षीय हित, नेपाल-भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको मन्त्री राणाको सचिवालयले जनाएको छ।

काठमाडौं- भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस. जयशंकरबीच आज सोमबार दिउँसो नयाँ दिल्लीमा भेटवार्ता भएको छ। 

भेटमा उनीहरुबीच द्विपक्षीय हित, नेपाल-भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको मन्त्री राणाको सचिवालयले जनाएको छ। मन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले स्वागत गरेका थिए। 

भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा मन्त्री राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी हुन्। यो उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो। मन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ। 


प्रकाशित : सोमबार, भदौ ३ २०८११७:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend