बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

च्यानल बन्द गरेर गुनासो गर्ने भारतीय च्यानलसँग नझुक्न व्यवसायीको सुझाव

आइतबार, साउन २७ २०८१
च्यानल बन्द गरेर गुनासो गर्ने भारतीय च्यानलसँग नझुक्न व्यवसायीको सुझाव

नेपालका केवर टीभी व्यवसायीहरूले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेट गर्दै सचेत गराएका हुन्।

काठमाडौं- पछिल्लो समय भारतीय च्यानलले नेपालमा प्रसारण आफै बन्द गरेर सरकारसँग गुहार गरेपछि नेपालका व्यवसायीले सरकारलाई सचेत गराएका छन्।

नेपालका केवल टीभी व्यवसायीहरूले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेट गर्दै सचेत गराएका हुन्।

सरकारल लागु गरेको अलाकार्टा प्रणाली असफल बनाउन ओटीटी सञ्चालकसँगको सेटिङमा उनीहरू लागि परेकाले यसमा नझुक्न उनीहरूले सरकारलाई सचेत गराएका छन्।

सरकारले अलाकार्टा प्रणाली लागु गरेसँगै नेपालमा ग्राहक घटेपछि लागत बढेको भन्दै अचानक भारतीय च्यानलले नेपालमा लाइन काटेका थिए। लाइन काट‍ेपनि उनीहरूले ओटीटी र डीटीएचबाट भने नेपालमा सेवा दिइरहेका छन्।

नियमनबाहिर रहेर अवैध प्रसारण रोक्नुपर्ने र उपभोक्ताको हितमा ल्याएको प्रणाली लागु गर्न सरकारलाई उनीहरूले सुझाव पनि दिएका छन्।


प्रकाशित : आइतबार, साउन २७ २०८११८:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend