बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुबारुको दुई नयाँ मोडलका गाडी नेपाली बजारमा, सुरुवाती मूल्य एक करोड ६९ लाख

आइतबार, साउन २७ २०८१
सुबारुको दुई नयाँ मोडलका गाडी नेपाली बजारमा, सुरुवाती मूल्य एक करोड ६९ लाख

यसैगरी एक लिटर पेट्रोलमा यो गाडीले १७.५ किमिको माइलेज दिने हुनाले यो मोडलले नेपाली उपभोक्ताको मन जित्ने विश्वास लिइएको छ।

काठमाडौं- विश्वप्रसिद्ध जापानी कार उत्पादक सुबारुद्वारा निर्मित दुई नयाँ मोडलका गाडीहरु नेपाली बजारमा आजबाट बिक्रीवितरणमा आएका छन्।

नेपालका लागि सुबारुको आधिकारिक वितरक विजय मोटर्सले आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी नयाँ मोडलहरु २.० क्रसट्रेक हाइब्रिड आइसाइट र २.५ आउटब्याक ट्वरिङ्ग आइसाइटलाई सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार हाइब्रिड प्रविधिमा आधारित २.० क्रसट्रेक हाइब्रिड आइसाइट बाटोमा दौडिरहेको अवस्थामा स्वचालितरुपमा विद्युतीय र इन्धनको उर्जा लिने हुनाले यसलाई अन्य विद्युतीय गाडीजस्तो बाहिरी चार्जिङको आवश्यकता पर्दैन।

दौडिरहेककै अवस्थामा गाडीको ब्याट्री आफै चार्ज हुने हुनाले यसले सहजता, सुविधा र कार्यकुशलतालाई थप गराएको छ। यसैगरी एक लिटर पेट्रोलमा यो गाडीले १७.५ किमिको माइलेज दिने हुनाले यो मोडलले नेपाली उपभोक्ताको मन जित्ने विश्वास लिइएको छ।

सुरक्षा, विश्वसनीयता र बहुमुखी गुणलाई प्रतिनिधित्व गरेको २.५ आउटब्याक ट्वरिङ्ग आइसाइट भेरियन्टको गाडी १८८ हर्जपावर इञ्जिन क्षमतामा आएको छ। यसमा दिइएको डुअल एक्स् मोडले गाडीलाई हिलो, हिउँ र चट्टानीय सहत जस्ता कठिन बाटोमा पनि सहजै यात्रा गर्न सक्षम बनाउने बताइएको छ।

जम्मा १० वटा एयरब्याग प्रदान गरिएको यस भेरियण्टमा ब्ल्याइण्ड स्पट मोनिटरिङ र रियर क्रस ट्राफिक अलर्टजस्ता ड्राइभर असिस्टेन्ट प्रणालीले यात्रामा सुरक्षाको प्रत्याभूतिलाई थप गराउने बताइएको छ।

बक्सर इञ्जिन र सिमेट्रिकल अल ह्विल ड्राइभ प्रणालीको लागि अन्तराष्ट्रियरुपमा परिचित सुबारुले सार्वजनिक भएको दुवै नयाँ भेरियन्टका गाडीहरुमा पछिल्लो आइसाइट ड्राइभ असिस्टेन्ट प्रणालीलाई अपनाइएको कम्पनीले जनाएको छ।

विजय मोटर्सको प्रबन्ध निर्देशक एनि गार्डनर वैधले कम्पनीको नक्सालस्थित शोरुममा गाडीहरु बिक्रीवितरणको लागि राखिएको बताउँदै दुवै मोडलका गाडीहरुको सुरुवाती मूल्य एक करोड ६९ लाख भएको जानकारी दिइन् ।


प्रकाशित : आइतबार, साउन २७ २०८११८:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend