बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वीरगञ्जबाट ४ करोड ८६ लाखको भेप बरामद

शनिबार, साउन २६ २०८१
वीरगञ्जबाट ४ करोड ८६ लाखको भेप बरामद

अवैध रुपमा भेप लुकाउने व्यक्ति भने फरार रहेका छन्। अहिले उनको खोजी र अनुसन्धान दुवै भइरहेको प्रहरीले जनाएको छ।

पर्सा- वीरगञ्जबाट प्रहरीले करिब पौने ५ करोडभन्दा बढीको भेप (इलेक्ट्रिक चुरोट) बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा वीरगञ्ज रेल्वेरोडस्थित एक भारतीय नागरिकको कोठामा छापा मार्नेक्रममा शुक्रबार ४ करोड ८६ लाख २४ हजार ८ सय रूपैयाँ मूल्य बराबरको भेप (इलेक्ट्रिक चुरोट) बरामद गरेको हो।

स्थानीय रामप्रसाद बरैको घरमा डेरा गरी बस्दै आएका भारत बिहार बस्ने सुदामा प्रसादको कोठामा अवैधरुपले भण्डारण गरिएको एल्फबार राया डि ३-२५००० ब्रान्डको भेप बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवम् डीएसपी दीपक भारतीले जानकारी दिए। 

शुक्रबार दिउँसो १ बजे छापा पार्नेक्रममा भारतीय नागरिक सुदामाको कोठामा ७६ वटा कार्टुनमा प्रतिकार्टुन २ सयको दरले राखिएको १५ हजार २ सय थान भेप बरामद गरिएको डिएसपी भारतीले बताए। ‘अवैधरुपले भेप भण्डारण गरिएको सूचना आएपछि सुदामाको कोठामा छापा मारिएको हो। त्यसक्रममा चाइनामा उत्पादित भेप फेला पर्‍यो।’

vep baramad - birgunj.jpg

चीनमा निर्मित भेप भारत हुँदै नेपाल ल्याइएको हो कि नेपाल हुँदै भारत लग्न खोजिएको हो भन्ने कुरा अझै खुल्न नसकेको उनको भनाइ छ। उनका अनुसार बरामद भेप नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ।

भेप भण्डारण गर्ने भारतीय व्यक्ति सुदामा भने फरार रहेको उनले जानकारी दिए। सुदामाको खोजतलास भइरहेको र भेप तस्करीबारे थप अनुसन्धान सुरु गरिएको उनले बताए ।

खासगरी भेपको प्रयोग तारे होटलले सञ्चालन गरेको डान्सबार र क्यासिनोमा गर्ने गरिएको जानकारहरुको भनाइ छ। वीरगञ्जमा स्थानीय प्रहरी प्रशासनकै मिलेमतोमा क्यासिनो सञ्चालनमा रहेका छन्। 


प्रकाशित : शनिबार, साउन २६ २०८१११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend