शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

विद्युत प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब ४१ करोड रुपैयाँ

शुक्रबार, साउन २५ २०८१
विद्युत प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब ४१ करोड रुपैयाँ

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब ४१ करोड रुपैयाँ पुगेको बताएका छन्।

शुक्रबार पत्रकार सम्मेलन गरी आफूले नेतृत्व सम्हालेपछि प्राधिकरणले ८२ अर्ब रुपैयाँ नाफा कमाएकोसमेत घिसिङले बताएका छन्।

आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको उनले जानकारी दिएका छन्। गतवर्ष मात्रै १३ अर्ब नाफा आर्जन गरेकोसमेत घिसिङले बताए। 

दोस्रो कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा पुँजीको १० प्रतिशत आईपीओ जारी गर्ने र सो रकम ठूला जलविद्युतमा लगानी गर्ने दिशामा प्राधिकरण अघि बढेकोसमेत उनले बताए। निकट भविष्यमै नेपालको जडित विद्युत क्षमता १० हजार मेगावाट पुग्ने दाबीसमेत उनले गरेका छन्।  

विद्युतीकरणमा उल्लेख्य प्रगति गरेको घिसिङले बताए। उनका अनुसार ३ वर्षअघि ८९ प्रतिशत रहेकामा अहिले विद्युतीकरण ९९ प्रतिशत पुगेको छ। अर्थात् वर्षअघि हरेक १०० घरधुरीमध्ये ८९ मा बिजुली पुगेकामा अहिले १०० मध्ये ९९ घरमा बिजुली पुगेको दाबीसमेत घिसिङले गरेका छन्। 

उनले यस अवधिमा विद्युतको महसुल ३ पटकमा करिब २५ प्रतिशत घटाइए पनि नाफामा वृद्धि नै भइरहेको बताए। उनका अनुसार प्राधिकरणले करिब ५९ लाख ग्राहकमध्ये करिब २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी ऊर्जा निःशुल्क गरेको छ।

८ वर्षअघि २९ लाख ७० हजार ग्राहक रहेकोमा अहिले ५९ लाख ५ हजार पुगेको समेत उनले बताए। उनका अनुसार वार्षिक खपत १० अर्ब २३ अर्ब युनिट पुगेको छ भने वार्षिक प्रतिव्यक्ति विद्युत खपत १ सय ३१ बाट ४ सय पुगेको छ।


प्रकाशित : शुक्रबार, साउन २५ २०८११४:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend