बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

टाटा एक्सप्रेस टी ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा

बुधबार, साउन २३ २०८१
टाटा एक्सप्रेस टी ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा

'एक्सप्रेस-टी’ मा १ वर्षको गाडीको बीमा, ३ वर्ष सम्मको निःशुल्क सर्भिसिङको सुविधा रहेको कम्पनीले जनाएको छ।

काठमाडौं- टाटा मोटर्सको एक्सप्रेस टी विद्युतीय ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा सञ्चालनमा आएको छ।

ग्राहकको सुविधालाई ध्यानमा राखी कम्पनीले चार्जिङ स्टेसन थप गरेको हो। ग्राहक सुविधाहरु थप तथा सेवा सञ्जाल विस्तार कार्यअन्तर्गत सेवालाई परिस्कृत पारिएको कम्पनीले जनाएको छ।

टाटा मोटर्स को ‘एक्सप्रेस-टी’ विद्युतीय ट्याक्सी विभिन्न कारणले सबैको रोजाइमा पर्दै आएको छ। नयाँ प्रविधिका साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठूलो गाडी, सामान राख्न पर्याप्त बूट स्पेसले गर्दा पनि यो विद्युतीय गाडी धेरैको रोजाइमा परेको कम्पनीले जनाएको छ।

'एक्सप्रेस-टी’ मा १ वर्षको गाडीको बीमा, ३ वर्ष सम्मको निःशुल्क सर्भिसिङका साथै १६०,००० किमिसम्मको ब्याट्री र मोटरमा वारेन्टीको सुविधाहरु रहेको छ।

खाडीचौरको साथै बालकुमारी, भक्तपुर, गोंगबु, कपनमा पनि ‘एक्सप्रेस-टी’ को लागि फास्ट चार्जरको व्यवस्था रहेको छ।

छिट्टै दुधौली कटारीमा पनि ट्याक्सीको लागि फास्ट चार्जर राख्ने प्रक्रिया सुरु भइसकेको छ कम्पनीले जनाएको छ।


प्रकाशित : बुधबार, साउन २३ २०८११८:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend