शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

अरुण तेस्रो र तल्लो अरुण जलविद्युतका लागि भारतले दियाे झन्डै एक खर्ब लगानी स्वीकृति

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन २१ २०८१
अरुण तेस्रो र तल्लो अरुण जलविद्युतका लागि भारतले दियाे झन्डै एक खर्ब लगानी स्वीकृति

काठमाडौं- भारत सरकारले नेपालको जलविद्युत्‌मा लगानी गर्न झन्डै एक खर्ब रुपैयाँ स्वीकृत गरेको छ।  

भारतीय कम्पनी सतलज जलविद्युत निगम एसजेभीएन लिमिटेडले नेपालमा निर्माण गरिरहेको ९०० मेगावाटको अरूण तेस्रो र ६६९ मेगावाट क्षमताको तल्लो अरूणका लागि ९२ अर्ब ६७ करोड २० लाख रुपैयाँ स्वीकृत गरेको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतमा बसेको मन्त्रिपरिषद्को बैठकले ५ हजार ७ सय ९२ करोड भारतीय रुपैयाँको स्वीकृति दिएको बताइएको छ।

भारतीय सरकारी कम्पनी सतलजले ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको छ। सतलजले ६७९ मेगावाटको तल्लो अरुण र ४९० मेगावाटको अरुण-४ जलविद्युत आयोजना पनि पाएको छ। तीनवटै परियोजना नदीप्रवाहमा आधारित परियोजना हो।

भारतले १०६३ माथिल्लो अरुण परियोजना कुनै पनि हालतमा अन्य प्रवर्द्धकलाई दिन नहुनेमा भारतीय पक्षले निरन्तर दबाब दिइरहेको छ।

अरुण बेसिनको तल्लो क्षेत्रमा नदीप्रवाहमा आधारित तीन परियोजना भारतलाई दिएर माथिल्लो क्षेत्रको अर्धजलाशयमा विश्व बैंकको ऋणमा नेपाल आफैले बनाउने तयारी गरेपछि भारतले गम्भीर आपत्ति जनाएको छ। भारतीय पक्षले त्यसमा नेपाल पक्षसँग अडान नै राखेको हो।

१०६३ मेगावाटको माथिल्लो अरुण अन्य प्रवर्द्धकलाई दिन नहुनेमा भारतीय पक्षको निरन्तर दबाब १०६३ मेगावाटको माथिल्लो अरुण अन्य प्रवर्द्धकलाई दिन नहुनेमा भारतीय पक्षको निरन्तर दबाब


प्रकाशित : सोमबार, साउन २१ २०८१०८:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend