बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

खेतान समूहले कार्ल्सबर्ग इन्डिया र गोर्खा ब्रुअरीको सेयर एकखर्बमा बिक्री गर्‍यो

शुक्रबार, साउन १८ २०८१
खेतान समूहले कार्ल्सबर्ग इन्डिया र गोर्खा ब्रुअरीको सेयर एकखर्बमा बिक्री गर्‍यो

योसँगै भारतमा कार्ल्सबर्गको शतप्रतिशत स्वामित्व हुनेछ भने नेपालमा ९९.९४ प्रतिशत हुनेछ। नेपालमा सानो हिस्सा अरु व्यक्तिमा पनि रहेको छ।

काठमाडौं- नेपालको खेतान समूहका सदस्यसमेत रहेको काल्सबर्ग साउथ एसियाले कार्ल्सबर्ग इन्डिया र नेपालको गोर्खा ब्रुअरीमा रहेको सेयर बिक्री गरेको छ।

डेनिस कम्पनी कार्ल्सबर्गले नै नेपाल र भारतको स्वामित्व करिब-करिब पूर्णत: आफैमा लिएको छ।

काल्सबर्ग साउथ एसियाले भारतको कार्ल्सबर्गमा ३३.३३ प्रतिशत र नेपालमा खेतान समूहका राजेन्द्रकुमार खेतानको नाममा रहेको ९.९४ प्रतिशत सेयर बिक्री गर्ने सम्झौता गरेको हो। त्यस्तै सिंगापुरमा रहेको खेतान समूहको कम्पनीको पनि पनि अप्रत्यक्ष होल्डिङ गोर्खा ब्रुअरीमा रहेको थियो। 

डेनिश कम्पनी कार्ल्सबर्गले यो सेयर खरिदका लागि ७४ करोड ४० लाख अमेरिकी डलर तिर्ने सम्झौता भएको उल्लेख गरेको छ। सन् २०२४ भित्रै सेयर खरिद बिक्री सेटल हुने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। 

योसँगै भारतमा कार्ल्सबर्गको शतप्रतिशत स्वामित्व हुनेछ भने नेपालमा ९९.९४ प्रतिशत हुनेछ। नेपालमा सानो हिस्सा अरु व्यक्तिमा पनि रहेको छ।

सीपी खेतान नेपाली मूलका सिंगापुर आवासी हुन्। उनले एउटै कारोबारबाट १ खर्ब रुपैयाँ कमाउने भएका छन्। 

नेपालको बियर बजारमा गोखरा ब्रुअरीको दबदबा रहेको छ।


 


प्रकाशित : शुक्रबार, साउन १८ २०८११६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend