शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

जी मोटर्सले स्काइवेलको 'बीई ११' ल्याउँदै, मूल्य ७९ लाख ९० हजारबाट सुरु

स्काइवेल बीई ११ दुई ब्याट्री अप्सनमा

शुक्रबार, साउन १८ २०८१
जी मोटर्सले स्काइवेलको 'बीई ११' ल्याउँदै, मूल्य ७९ लाख ९० हजारबाट सुरु

कम्पनीका अनुसार स्काइवेल ५१.९२ किलोवाट आवर ब्याट्री भएको बीई ११ को मूल्य ७९ लाख ९० हजार रुपैयाँ र ७१.९८ किलोवाट आवर ब्याट्रीयुक्त बीई ११ को मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकिएको छ।

काठमाडौं- स्काइवेलको अर्को विद्युतीय कार नेपाल आउने भएको छ। स्काइवेलको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले अर्को विद्युतीय एसयूभी ल्याउने तय भएको हो। 

जी मोटर्सले स्काइवेलको 'बीई ११' नाडा अटो शोबाट बिक्री गर्नेगरी नेपाल भित्र्याउने तयारी गरेको छ। बीई ११ दुई ब्याट्री अप्सनमा आउने भएको छ। 

स्काइवेल बीई ११ ५१.९२ किलोवाट आवर र ७१.९८ किलोवाट आवर ब्याट्री अप्सनमा उपलब्ध हुनेछ। जी मोटर्सले स्काइवेल बीई ११ को अधिकतम खुद्रा बिक्री मूल्य पनि सार्वजनिक गरिसकेको छ। 

कम्पनीका अनुसार स्काइवेल ५१.९२ किलोवाट आवर ब्याट्री भएको बीई ११ को मूल्य ७९ लाख ९० हजार रुपैयाँ र ७१.९८ किलोवाट आवर ब्याट्रीयुक्त बीई ११ को मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकिएको छ। 

५१.९२ किलोवाट आवर ब्याट्री भएको बीई ११ ले एक पटकको फुल चार्जमा ४ सय १० किलोमिटर रेन्ज र ७१.९८ किलोवाट आवर ब्याट्री भएको बीई ११ ले ५ सय २० किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ। यी दुवै विद्युतीय एसयूभीमा १ सय ५० किलोवाट पिक पावर भएको विद्युतीय मोटर जडान गरिएको छ। 

जी मोटर्सले स्काइवेल ब्रान्ड गत वर्षको भदौमा औपचारिक रुपमा भित्र्याएको थियो। कम्पनीले स्काइवेल ब्रान्डको पहिलो गाडीका रुपमा ईटी फाइभ ल्याएको थियो।

नाडा अटो शो २०२३ बाट औपचारिक बुकिङ एवम् ब्रान्ड सार्वजनिक गरेको जी मोटर्सले स्काइवेलको प्रिमियम तथा नेपालमै सबैभन्दा धेरै रेन्ज ६ सय २० किमिको दुरी एकपटकको चार्जमा तय गर्ने र १ सय ५० किलोवाट मोटरले ग्राहकलाई सोचेभन्दा आरामदायी यात्रा तय गराउने विद्युतीय एसयूभी ल्याएको थियो। 

विद्युतीय सवारीप्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ल्याएको हो। स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसियालगायत  ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ।

स्काइवेल ईटी फाइभ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ।

स्काइवेल ईटी फाइभ विशेषगरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो।

स्काइवेल ईटी फाइभको नेपाली बजार मूल्य १ करोड ९ लाख रूपैयाँ तोकिएको छ। 

२०७४ मा स्थापना भएको जी मोटर्सले यस अघि नेपाली बजारमा विभिन्न ब्रान्ड सवारी स्थानीय डिलरका रूपमा बिक्री गर्दै आएको छ। जी मोटर्सले काठमाडौं र इटहरीमा ८ वटाभन्दा बढी शोरूमबाट २ हजार उपभोक्तालाई सेवा उपलब्ध गराइसकेको छ।


प्रकाशित : शुक्रबार, साउन १८ २०८११५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend