बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

शोरुम आइपुग्यो ट्यांक ५०० हाइब्रिड एसयूभी

शुक्रबार, साउन १८ २०८१
शोरुम आइपुग्यो ट्यांक ५०० हाइब्रिड एसयूभी

यो हाइब्रिड एसयूभीको मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ। तत्काललाई कम्पनीले परीक्षण र उपभोक्तालाई जानकारी गराउन एउटा ट्यांक ५०० ल्याएको हो।

काठमाडौं- भीजी इम्पेक्सले आयात गरेको ग्रेटवाल मोटर्सको सबब्रान्ड ट्यांकको 'ट्यांक ५००' शोरुम आइपुगेको छ। 'ट्यांक ५००' हाइब्रिड एसयूभी हो। 

चिनियाँ कम्पनी ग्रेटवालको सब कम्पनी ट्यांकका एसयूभी भिन्दै लोगोमा उत्पादन हुँदै आएको छ। ग्रेटवालले उत्पादन गर्ने ट्यांक फुल साइजको विलासी स्पोर्टस युटिलिटी भेहिकल (एसयूभी) हो। जसमा सात सिट क्षमता रहेको छ। 

पछिल्लो समय व्यावसायिक घरानाहरू चिनियाँ सवारी ब्रान्ड ल्याउन लागिपरेका छन्। विशाल समूहले केही वर्ष चिनियाँ ब्रान्ड ग्रेटवाल मोटर भित्र्याएको थियो। त्यहीअनुसार विशाल समूहअन्तर्गतको भीजी इम्पेक्सले ग्रेटवाल तथा हावाल ब्रान्डका कार बिक्री गर्दै आएकोमा अब ट्यांक ब्रान्ड पनि थपिएको छ। 

प्योर हाइब्रिड एसयूभी ट्यांक ५०० मा ७५ किलोवाट आवरको लिथिगम आयन ब्याट्री रहेको छ। विद्युतीय मोटर र इन्जिनसहित यो कारमा २ सय ५५ किलोवाट पिक पावर (३ सय ४६ एचपी) पावर भएको यो हाइब्रिडक कारले ६ सय ४८ एनएम टर्क जेनेरेट गर्छ। यो हाइब्रिड कारमा रहेको ब्याट्री चार्ज गर्न फास्ट चार्जरबाट ३० मिनेट र स्लो चार्जरबाट ३ घण्टा लाग्ने कम्पनीले जनाएको छ। 

tank 500 2.jfif

बडी अन फ्रेम च्यासिसमा आधारित रहेर बनेको ट्यांक ५०० मा २ सय २३.५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ। यो कार पहिलो पटक चेन्दू अटो शोमा २०२१ अगूस्टमा सार्वजनिक भएको थियो भने बिक्रीका लागि २०२२ मार्चमा सार्वजनिक भएको थियो। 

१९ सय ९८ सीसीको पेट्रोल टर्बो इन्जिन यो एसयूभीमा छ। २८ सय ५० एमएम ह्वीलबेस रहेको ट्यांक ५०० को लम्बाई ४९ सय २८ एमएम, चौडाई १९ सय ३४ एमएम र उचाई १९ सय ५ एमएम रहेको छ। 

ग्रेटवालले ट्यांक ब्रान्ड नेपालसहित अस्ट्रेलिया, थाइल्यान्ड, इन्डोनेसियालगायत देशमा उपलब्ध गराइसकेको छ। ग्रेटवालले ट्यांक ब्रान्डमा ट्यांक ५०० सय ट्यांक ३०० उत्पादन गर्दै आएको छ। ट्यांक एसयूभी ब्रान्डका लागि चर्चित रहेको छ। 

अस्ट्रेलियन सफ्टी परीक्षण ए एनसीएपीमा ट्यांक ५०० ले फाइभ स्टार रेटिङ पाएको छ। यो एसयूभी विलासी र सुरक्षा विशेषताले भरिपूर्ण रहेको छ। ट्यांक ५०० मा ७५ लिटरको ट्यांकी रहेको छ। 

यो हाइब्रिड एसयूभीको मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ। तत्काललाई कम्पनीले परीक्षण र उपभोक्तालाई जानकारी गराउन एउटा ट्यांक ५०० ल्याएको हो। 

tank 500 1.jfif

विशाल समूहले सुजुकीका मोटरसाइकल तथा स्कुटर बिक्रीगर्दै आएको छ। त्यस्तै समूहले जर्मन ब्रान्ड फक्सवागन, म्याक्सस, बेलायती ब्रान्ड मोरिस ग्यारेज (एमजी), जापानी ब्रान्ड माज्दा, फ्रेन्च ब्रान्ड रेनो, चिनियाँ ब्रान्ड ग्रेटवाल मोटर्स (जीडब्लूएम) ब्रान्डका कार उपलब्ध गराउँदै आएको छ।

त्यस्तै समूहले कोबेल्को ब्रान्डका हेवी इक्युपमेन्ट समेत बिक्री गर्दै आएको छ। यो समूहले विभिन्न ब्रान्डका लुब्रिकेन्टसमेत आयात गर्दै आएको छ।

भीजी इम्पेक्सले ग्रेटवालकै सब ब्रान्ड हाभाल र ओरा ब्रान्डको विद्युतीय कार ल्याएर बिक्री गरिरहेको छ। हाभाल ब्रान्डका एसयूभी बिक्री हुँदै आएको छ। 


प्रकाशित : शुक्रबार, साउन १८ २०८११४:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend