शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

स्पार्क अटोमोटिभ्सले ल्यायो २५ सिट क्षमताको विद्युतीय बस

शुक्रबार, साउन १८ २०८१
स्पार्क अटोमोटिभ्सले ल्यायो २५ सिट क्षमताको विद्युतीय बस

स्पार्कले यसअघि विद्युतीय बस बिक्रीका लागि भित्र्याएको थिएन। ठूला विद्युतीय बस तुलनात्मक रुपमा महँगो पर्ने भएकाले बिक्रीका लागि कमै ब्रान्ड उपलब्ध छन्।

काठमाडौं- स्पार्क अटोमोटिभ्स प्रालिले २४ सिट क्षमताको विद्युतीय बस ल्याएको छ। कम्पनीले इटहरी उपमहानगरपालिकाले निकालेको टेन्डर पाएर उक्त विद्युतीय बस ल्याएको हो। 

स्पार्क अटोमोटिभ्सले चिनियाँ ट्रक उत्पादक कम्पनी सिनोट्रक ब्रान्डको नेपालमा आधिकारिक बिक्रेताका रुपमा ट्रक बिक्री गर्दै आएको छ। कम्पनीले सिनोट्रक ब्रान्डकै २४ सिटे विद्युतीय बस ल्याएको हो वा अन्य ब्रान्डको ल्याएको खुलेको छैन। 

इटहरी उपमहानगरपालिकाले विद्युतीय बस चलाउने टेण्डर गरेको थियो। उक्त टेण्डर स्पार्क अटोमोटिभले पाएको र कम्पनीले चीनबाट विद्युतीय बस मगाएको हो। 

स्पार्कले यसअघि विद्युतीय बस बिक्रीका लागि भित्र्याएको थिएन। ठूला विद्युतीय बस तुलनात्मक रुपमा महँगो पर्ने भएकाले बिक्रीका लागि कमै ब्रान्ड उपलब्ध छन्। 

११ देखि १९ सिट क्षमताका भ्यान तथा माइक्रोबसमा चिनियाँ ब्रान्डको बाढी नै आए पनि ठूला बस भने सुन्दर यातायातले २ वटा आयात गरेर रिङरोडमा चलाइरहेको छ। त्यस्तै साझा यातायातले ४० वटा २५ सिटभन्दा बढीका विद्युतीय बस सञ्चालन गरिरहेको छ। त्यस्तै लुम्बिनीमा बीवाईडीका केही ठूला विद्युतीय बस आएका छन्। 

आगामी दिनमा भेन्चलगायत ब्रान्डले २५ सिट क्षमताका विद्युतीय बस ल्याउने बताएका छन्। यस्तैमा स्पार्क अटोमोटिभ्सले इटहरी उपमहानगरको टेण्डर पाएसँगै २४ सिट क्षमताको ४ वटा विद्युतीय बस आयात गरेको हो। 

स्पार्कले उक्त विद्युतीय बस प्रतिगोटा ५ लाख ५० हजार ३ सय ८० चिनियाँ युआनमा आयात गरेको छ। यो मूल्य सीआईएफ भ्यालुमा आधारित हो। स्पार्कले कतिमा टेण्डर पारेको हो र यो २४ सिटे विद्युतीय बसको अधिकतम खुद्रा बिक्री मूल्य कति कायम हुन्छ स्पार्कले खुलाएको छैन।  


प्रकाशित : शुक्रबार, साउन १८ २०८१०६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend