बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल टेलिकमको बिलिङमा एजेन्टहरूको सेटिङ, प्रणाली ध्वस्त बनाउने एसिया इन्फोकै प्रतिनिधिको चलखेल

बिहीबार , साउन १७ २०८१
नेपाल टेलिकमको बिलिङमा एजेन्टहरूको सेटिङ, प्रणाली ध्वस्त बनाउने एसिया इन्फोकै प्रतिनिधिको चलखेल

अर्कोतिर टेलिकमको अहिलेको बिलिङ प्रणाली जर्जर बनाएर अर्बौं नोक्सानी गराउने संस्थाकै एजेन्टले नयाँ कम्पनी ल्याएर आवेदन हालेका छन्।

काठमाडौं- नेपाल टेलिकमको नयाँ बिलिङ खरिदमा पुरानै एजेन्टहरूले चलखेल गरेका छन्। 

टेन्डर प्रस्ताव दिने अन्तिम दिनसम्म जम्मा एउटामात्र कम्पनीको आवेदन परेको छ। टेलिकमका प्रवक्ता किशोर भट्टका अनुसार सीएसजी नामको कम्पनीलेमात्र आवेदन दिएको छ। 

कम्पनीको आवेदन विनियमावली तथा सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार मूल्यांकनमा जाने उनले जानकारी दिए। सामान्य रुपमा हेर्दा एउटामात्र कम्पनीको आवेदन परेको भएपनि यसका पछाडि एजेन्टहरूको चलेखेल देखिएको छ। 

बिलिङ जस्तो विशिष्टिकृत काममा नेपालमा निश्चित एज‍ेन्टहरूको हालिमुहाली रहेको छ। यिनिहरूले पहिला लागत घटाउन चलखेल गरेका थिए र त्यसमा कुनै हालतमा टेलिकम पछि नहट‍ेपछि अन्तत: सेटिङ गरेर एउटैमात्र कम्पनीको आवेदन परेको हो। 

अर्कोतिर टेलिकमको अहिलेको बिलिङ प्रणाली जर्जर बनाएर अर्बौं नोक्सानी गराउने संस्थाकै एजेन्टले नयाँ कम्पनी ल्याएर आवेदन हालेका छन्। 

नेपाल टेलिकमको बिलिङलाई जर्जर बनाएर आफू लाभ लिने तर संस्थालाई बर्सेनि ३ अर्ब रुपैयाँ नोक्सानी गराउने काम एसिया इन्फोले गर्दै आएको छ। यसका मुख्य सारथी नेपालका दुईवटा कम्पनी छन्। सीएएस र डब्लूडीएनले एसिया इन्फोका सब भेन्डर हुन्। यी दुई कम्पनीले मर्मत तथा अन्य उपकरणमा एकाधिकार बनाउँदै मनपरी मूल्य तिराउँदै आएका छन्। 

अहिले फेरि नयाँ बिलिङ प्रणालीको टेन्डरमा त्यही डब्लूडीएनसँगै जोडिएका गोरख थापाले अर्को अमेरिकन कम्पनी सीएसजी ल्याएर टेन्डर हालेका छन्। यो एक्लो कम्पनीको मात्र टेन्डर परेको छ। नेपालमा विदेशी कम्पनीका लागि भेन्डरको काम गर्ने र त्यसमा बिलिङको विशिष्टिकृत सेवाका लागि सीमित कम्पनी रहेका छन्। यसमा सीएएस र डब्लूडीएन मुख्य हुन्। 

यिनै कम्पनीलगायतका २/४ वटा अरु मिलेर अहिलेको लागत बढाउनका लागि सुरूमा चलखेल गरकेा थिए। यो सम्भव नभएपछि मिलोमतोमा एउटामात्र टेन्डर पर्‍यो। यदि एउटामात्र कम्पनीको प्रस्तावलाई सदर गरेर आफ्नै व्यापार हुन नदिएपनि एसिया इन्फोकै सेवा लम्बिने हुन्छ। जताबाट पनि आफैलाई लाभ हुने भएपछि डब्लूडीएनकै प्रतिनिधिले यसमा चलखेल गरेका छन्। 

यसअघि एसिया इन्फोलाई अवैध रुपमा सुनिल पौडेलले वार्षिक मर्मतसम्भारको काम दिएका थिए। चार वर्षका लागि एकमुष्ठ काम दिएर अर्बौं रुपैयाँ भुक्तानी दिने काम गरेका थिए। यही प्रकरणमा डीडब्लूएनका प्रतिनिधिले पौडेललाई सिंगापुरमा पैसा दिएको अख्तियारको अनुसन्धानबाट पाइएको थियो।


प्रकाशित : बिहीबार , साउन १७ २०८११५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend