बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नयाँ सरकारको निर्देशन श्रृंखला, ब्रिफिङ दिँदा र निर्देशन पाउँदा सचिवहरूको जिम्मेवारी नै फेरियो

मंगलबार, साउन १५ २०८१
नयाँ सरकारको निर्देशन श्रृंखला, ब्रिफिङ दिँदा र निर्देशन पाउँदा सचिवहरूको जिम्मेवारी नै फेरियो

प्रत्येक मन्त्रालयमा अहिले निर्देशनको श्रृंखला चलिरहेको छ। यसैबीच प्रधानमन्त्रले पनि सबै सचिवलाई आजै निर्देशन दिने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीले आज निर्देशन दिँदा भने सचिवहरूको भूमिका नै व्यापक हेरफेर भइसकेको हुनेछ।

काठमाडौं- सरकारमा नेतृत्व फेरिएसँगै मातहतका अधिकारीहरूलाई बोलाएर निर्देशन दिने शासकीय कर्मकाण्डले फेरि निरन्तरता पाएको छ। 

प्रत्येक सरकार गठन हुँदामात्र होइन मन्त्री फेरिँदासम्म सिंहदरबारमा केही हप्तासम्म निर्देशन श्रृंखला चल्छ। सम्बन्धित विभागीय प्रमुखले आफ्नो कार्यालयको जानकारी दिने र त्यही सुनेर मन्त्री, प्रधानमन्त्रीले निर्देशन दिने चलन रहेको छ। 

प्रत्येक मन्त्रालयमा अहिले निर्देशनको श्रृंखला चलिरहेको छ। यसैबीच प्रधानमन्त्रीले पनि सबै सचिवलाई आजै निर्देशन दिने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीले आज निर्देशन दिँदा भने सचिवहरूको भूमिका नै व्यापक हेरफेर भइसकेको हुनेछ। 

आइतबार प्रधानमन्त्रीले सचिव तथा विभागीय प्रमुखहरूलाई बोलाएर जानकारी लिएका थिए। सात घण्टासम्म सबैको कुरा सुनेका प्रधानमन्त्रीले आज निर्देशन दिने कार्यक्रम रहेको छ। प्रधानन्त्रीले ब्रिफिङ लिँदा जिम्मेवारीमा भएका सचिवहरू आज नयाँ भूमिकामा हुनेछन्। 

सरुवाको पत्र नपाएका कारणले नयाँमा जान नपाएको र पुरानो जिम्मेवारीबाट हटेको खबर सुनेका सचिवले प्रधानमन्त्रीको निर्देशन सुन्ने भएका छन्। सोमबारमात्र सरकारले २२ जना सचिवको सरुवा गरेको थियो। गृहबाहेकका अन्य अधिकांश मन्त्रालयका सचिवको सरुवा भएको छ। 

अर्थ, सञ्चार, भौतिक तथा ऊर्जासम्म महत्वपूर्ण मन्त्रालयका सचिवको सरुवा भएको छ। सरुवा भएपनि पदबहाली नगरेका सचिवहरूले प्रधानमन्त्रीको निर्देशन सुन्ने भएका छन्। 

एकसाथ मन्त्रालयका सचिव सरुवा, अर्थसचिवमा रामप्रसाद घिमिरे, राजस्वमा भित्रिए दिनेश एकसाथ मन्त्रालयका सचिव सरुवा, अर्थसचिवमा रामप्रसाद घिमिरे, राजस्वमा भित्रिए दिनेश


प्रकाशित : मंगलबार, साउन १५ २०८११०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend