बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

तस्बिरमा हेर्नुहोस् नेपाल आइपुगेको बहुप्रतिक्षित टाटा पन्च ईभी

सोमबार, साउन १४ २०८१
तस्बिरमा हेर्नुहोस् नेपाल आइपुगेको बहुप्रतिक्षित टाटा पन्च ईभी

टाटाले पन्च ईभी डेडिकेटेड ईभी प्लेटफर्म एक्टिभ (एक्टिडटईभी)मा तयार पारेको हो। यो प्लेटफर्म टाटा आफैले विद्युतीय सवारी उत्पादनका लागि बनाएको हो।

काठमाडौं- टाटा मोटर्सले उत्पादन गरेको नयाँ विद्युतीय कार 'टाटा पन्च ईभी' काठमाडौं आइपुगेको छ। नेपालमा पन्च ईभी पर्खेर बस्ने उपभोक्ताको संख्या ठूलो रहेको छ।  

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पन्च ईभी नाडा अटो शो २०२४ मार्फत सार्वजनिक गर्ने योजनासमेत बनाएको छ। पन्च ईभी टप भेरियन्टको मूल्य ४० लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ। 

पन्च ईभी टाटा मोटर्सको चौथो ईभी हो। यसअघि टाटा मोटर्सले नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभी बजारमा ल्याएको थियो। नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभी नेपाली बजारमा पनि बिक्री भइरहेका छन्। टियागो ईभी सिप्रदीले नाडा अटो शो २०२३ मा नेपाली बजारमा ल्याएको थियो। 

टाटाले पन्च ईभी डेडिकेटेड ईभी प्लेटफर्म एक्टिभ (एक्टिडटईभी)मा तयार पारेको हो। यो प्लेटफर्म टाटा आफैले विद्युतीय सवारी उत्पादनका लागि बनाएको हो। अब आउने टाटाका ईभीहरु कर्भ, ह्यारियर पनि यही प्लेटफर्ममा उत्पादन हुनेछन्।

त्यस्तै टाटा मोटर्सले एभेन्या ब्रान्ड नेममा प्रिमियम ईभी बजारमा ल्याउने समेत घोषणा गरिसकेको छ। यसका लागि अर्को नयाँ प्लेटफर्म बन्ने अनुमान गरिएको छ। भारत एनसीएपी परीक्षणमा टाटाका दुई एसयूभी नेक्सन ईभी र पन्च ईभीले फाइभ स्टार रेटिङसमेत पाएको छ।

punch tata ev (1).jpg

punch tata ev (6).jpg

punch tata ev (7).jpg

punch tata ev (5).jpg

punch tata ev (3).jpg

punch tata ev (4).jpg

काठमाडौं आइपुग्यो टाटाको पन्च ईभी, मूल्य कति? काठमाडौं आइपुग्यो टाटाको पन्च ईभी, मूल्य कति?


प्रकाशित : सोमबार, साउन १४ २०८१०६:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend