बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

निजी कम्पनीका कर्मचारी किन तलबका बारेमा खुलेर छलफल गर्दैनन्? 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस १९ २०७८
निजी कम्पनीका कर्मचारी किन तलबका बारेमा खुलेर छलफल गर्दैनन्? 

कर्मचारी आफै स्वतःस्फूर्त खुलेर तलबका बारेमा नखुल्ने होइन यसमा कम्पनीहरू पनि हस्तक्षेप गर्छन्। सम्बन्धित अधिकारीहरू कर्मचारीहरूलाई एकआपसमा तलबका बारेमा कुरा नगर्न दबाब दिन्छन्। 

काठमाडौं- के तपाई कुनै निजी कम्पनीमा जागिर गर्नुहुन्छ? के तपाईंले आफूले पाउने मासिक तलबका बारेमा सँगै काम गर्ने साथीहरूसँग गफ गर्नुभएको छ?

एउटै कम्पनीमा काम गर्ने धेरैजसो कर्मचारीहरू एकआपसमा आफूले पाउने तलबका बारेमा खुलेर कुरा गर्दैनन्। यसरी कुरा नगर्ने नेपालका निजी कम्पनीमा मात्र होइन संसारभर यस्तै देखिन्छ। 

कर्मचारी आफै स्वतःस्फूर्त खुलेर तलबका बारेमा नखुल्ने होइन यसमा कम्पनीहरू पनि हस्तक्षेप गर्छन्। सम्बन्धित अधिकारीहरू कर्मचारीहरूलाई एकआपसमा तलबका बारेमा कुरा नगर्न दबाब दिन्छन्। 

हालैमात्र  एक अमेरिकी संस्थाले गरेको अध्ययनमा त्यहाँका ४१ प्रतिशत निजी कम्पनीले आफ्ना कर्मचारीहरूलाई एकआपसमा तलबका बारेमा खुलेर छलफल गर्न निरुत्साहित गर्ने गरेका छन्। 

पारदर्शी तलब प्रणालीले काम अनुसारको समान तलबको अभियान सफल हुने भन्दै अमेरिका लागयतका कयौं देशमा नियम बनेपनि त्यसको प्रभावकारिता अझै नदेखिएको उक्त अध्ययनले देखाएको छ। 

प्रकाशित : सोमबार, पुस १९ २०७८०८:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend