बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

यामाहा एरोक्स १५५ लिएर राइडर अवाशिस ओझाले गरे काठमाडौंदेखि लद्दाखसम्मको यात्रा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन ९ २०८१
यामाहा एरोक्स १५५ लिएर राइडर अवाशिस ओझाले गरे काठमाडौंदेखि लद्दाखसम्मको यात्रा

यसको अतिरिक्त, स्कुटरको आरामदायी सीट र एर्गोनोमिक डिजाइनले बिना कुनै झन्झट र थकान बिना पनि घन्टौं समय सम्म यात्रा गर्न सक्ने कुराको सुनिश्चितता गराएको ओझाको भनाइ छ।

काठमाडौं- सोलो ट्राभलर अवशिस ओझाले आफ्नो यामाहा एरोक्स १५५ स्कुटरको साथ काठमाडौंदेखि भारतको लद्दाखसम्मको एकल यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन्। उनले ११ दिनै ५ हजार किलोमिटर भन्दा बढी यात्रा गरेका थिए। 

ओझाले यात्रा दौरान साहस, जोश र अटल संकल्पलाई आफ्नो दृढ संकल्प र प्रमाणको रूपमा खडा गरेका थिए। आफ्नो यात्राको क्रममा उनले विभिन्न भूभाग र मौसमको  सामना गर्दै उक्त ठाउँको रोमाञ्चक र अद्भुत प्राकृतिक परिदृश्यहरूसँग आफुलाई जोड्दै ती सुन्दर ठाउँहरलाई गहिरो रूपमा आत्मसात गरेको बताएका छन्। 

यो कठिन यात्रामा यामाहा एरोक्स १५५ ले असाधारण, अद्वितीय पर्फर्मेन्सको उदाहरण प्रस्तुत गर्नुका साथै आफूलाई बलियो र भरपर्दो साथीको रूपमा प्रमाणित गर्‍यो। एरोक्स १५५ स्कुटरमा रहेको एडभान्स लिकउइड कुल्ड इन्जिनले लद्दाखको उच्च स्थानमा पनि आफ्नो दक्षता प्रस्तुत गर्‍यो। 

यसको चुस्त ह्यान्डलिङ र आधुनिक एफआई प्रविधिले ओझालाई घुमाउरो पहाडी सडकहरूमा सहज र स्थिरताका साथ यात्रा गर्न सजिलो बनाएको थियो। यसको अतिरिक्त, स्कुटरको आरामदायी सीट र एर्गोनोमिक डिजाइनले बिना कुनै झन्झट र थकान बिना पनि घन्टौं समय सम्म यात्रा गर्न सक्ने कुराको सुनिश्चितता गराएको ओझाको भनाइ छ।

एरोक्स १५५ मा सिटको मुनि आवश्यक सामान बोक्न सक्ने भण्डारण छ। जबकी उन्नत ब्रेकिङ प्रणालीले ठाडो उकालो र कठिन भू-भागहरूको  सामना गर्न आत्मविश्वास र सुरक्षा प्रदान गर्‍यो।

एमएडब्लू राइडकी सीयमओ पुनम सिंहले ओझाको उपलब्धि र एरोक्स १५५ को प्रशंसा गर्दै भनिन्, 'यो उल्लेखनीय यात्रा पूरा गरेकोमा अवशिस ओझाप्रति हामी असाध्यै गौरवान्वित छौँ। एडभान्स लिकउइड कुल्ड इन्जिन, आधुनिक एफआई टेक्नोलोजी र एर्गोनोमिक डिजाइन जस्ता सुविधाहरूले अवशीसको सफल अभियानले स्कुटरको क्षमतालाई हाइलाइट गर्दछ र सबै उत्साहीहरूलाई उनीहरूको कम्फर्ट जोन भन्दा बाहिर गएर विभिन्न चुनौतीपूर्ण भू-भागहरूको सामना गर्न प्रेरित गर्दछ र एरोक्स १५५ को वास्तविक क्षमताकाई देखाउँदछ।'


प्रकाशित : बुधबार, साउन ९ २०८११०:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend