बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मोटरसाइकल तथा स्कुटर बिक्रीले लय लिँदै, यस्तो छ ५ वर्षको आयात तथ्यांक

बिहीबार , साउन १० २०८१
मोटरसाइकल तथा स्कुटर बिक्रीले लय लिँदै, यस्तो छ ५ वर्षको आयात तथ्यांक

आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै मोटरसाइकल तथा स्कुटर आयात भएको थियो। उक्त वर्ष ३ लाख ५३ हजार ५ सय ३१ वटा मोटरसाइकल तथा स्कुटर आयात भएको थियो।

काठमाडौं- युवा विदेशिने क्रम बढेसँगै दुईपांग्रे सवारीको व्यापारमा निकै कमी आएको व्यवासयीहरूले बताउँदै आएका छन्। व्यवसायीहरूको उक्त कुरालाई आर्थिक वर्ष २०७९/८० को आयात तथ्यांकले पुष्टी गर्छ। उक्त आवमा नेपालमा जम्मा १ लाख ४ वटा वटामात्र मोटरसाइकल तथा स्कुटर आयात भएको थियो। यो आयात धेरै वर्षपछिको सबैभन्दा न्यून हो।

२०७९/८० मा सबैभन्दा कम दुईपांग्रे सवारी आयात भएको थियो। सो वर्ष १ लाख ४ हजार १ सय ८० वटा मोटरसाइकल तथा स्कुटर आएको थियो। 

मोटरसाइकल तथा स्कुटर आयात २०८०/८१ मा केही बढेर १ लाख ३४ हजार ५ सय ३४ वटा भएको भन्सार विभागको सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। यसले उत्साहित नै नबनाए पनि मोटरसाइकल तथा स्कुटरको बिक्रीले लय समात्ने अपेक्षा भने व्यवसायीहरूले गरेका छन्। 

आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै मोटरसाइकल तथा स्कुटर आयात भएको थियो। उक्त वर्ष ३ लाख ५३ हजार ५ सय ३१ वटा मोटरसाइकल तथा स्कुटर आयात भएको थियो। योभन्दा अघिल्लो वर्ष आव २०७६/७७ मा २ लाख ७ हजार ३ सय ८७ वटा मोटरसाइकल तथा स्कुटर आयात भएको थियो। 

त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा २ लाख ७८ हजार ४ सय ८१ वटा मोटरसाइकल तथा स्कुटर आयात भएको थियो। 

mc import.jfif

नेपालमा भरपर्दो सार्वजनिक यातायात नहुँदा निजी सवारीसाधन किन्नेहरूको संख्या बढ्दै गएको छ। चारपांग्रे निजी सवारी खरिद गर्न नसक्नेहरूका लागि मोटरसाइकल तथा स्कुटर उपयुक्त विकल्प बनिरहेको छ। सहरी क्षेत्रमा झन्झटमुक्त यात्राका लागि नेपालीहरूको रोजाइमा दुईपांग्रे सवारी परेको हो। 

सरकारले दुईपांग्रे सवारीमा चार पांग्रेको तुलनामा कम कर लगाएको छ। यद्यपी नेपालमा दुईपांग्रे सवारी पनि विलासीकै वर्गमा राखेर कर लाग्दै आएको छ। 

पछिल्लो केही वर्षयता नेपाली बजारमा मोटरसाइकलको तुलनामा स्कुटरको बिक्री उल्लेख्य रुपमा बढ्दै गएको छ। स्टाइलिस र शक्तिशाली इन्जिन क्षतामा स्कुटर आएकाले पनि युवाहरूको रोजाइमा स्कुटर परिरहेको छ। अघिल्लो दशकसम्म महिलाले मात्र चढ्ने सवारीका रुपमा रहेको स्कुटर अहिले युनिसेक्स सवारीका रुपमा स्थापित भएको छ। 

तयारी भन्दा एसेम्बल आयात धेरै 

सरकारले नेपालमै एसेम्बल गर्नेगरी सीकेडी आयात गर्दा अन्तःशुल्कमा छुट दिएको छ। सोहीकारण बढी संख्यामा मोटरसाइकल बिक्री गर्ने सबैजसो ब्रान्डले नेपालमै एसेम्बल प्लान्ट स्थापना गरिसकेका छन्। 

बजाजले सुरु गरेको मोटरसाइकल एसेम्बल हाल टीभीएस, यामाहा, होन्डा, हिरो, सुजुकीलगायतले पनि नेपालमै मोटरसाइकल तथा स्कुटर एसेम्बल गरिरहेका छन्। त्यस्तै केही चिनियाँ विद्युतीय स्कुटर पनि एसेम्बल भइरहेको छ। 


प्रकाशित : बिहीबार , साउन १० २०८१०७:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend