शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

टाटा कर्भ ईभी र आईसी दुवैले सुरक्षा परीक्षणमा पाए फाइभ स्टार सेफ्टी रेटिङ

मंगलबार, साउन ८ २०८१
टाटा कर्भ ईभी र आईसी दुवैले सुरक्षा परीक्षणमा पाए फाइभ स्टार सेफ्टी रेटिङ

सुरक्षामा टाटाका कारहरु अब्बल ठहरिँदै आएका छन्। कर्भ ईभीले चाइल्ड र एडल्ट दुवैमा फाइभ स्टार रेटिङ पाएको बताइएको छ।

काठमाडौं- टाटा मोटर्सले उत्पादन गरेर सार्वजनिक गर्ने अन्तिम तयारी गरेको नयाँ मोडल कर्भले सुरक्षा परीक्षणमा अब्बल सावित भएको छ। गत साता टाटा मोटर्सले कर्भ ईभी र आईसीई दुवै भर्सनको डिजाइन सार्वजनिक गरेको थियो। 

डिजाइनका आधारमा समान रहेको यो कुपे कार विद्युतीय र पेट्रोलियम इन्जिन दुवै भर्सनमा आगामी महिना बिक्रीका लागि सार्वजनिक हुनेछ। शुक्रबार टाटा मोटर्सले कर्भका दुवै मोडलको डिजाइन सार्वजनिक गरेको थियो। 

टाटाले कर्भ ईभी र आईसीई कारको उत्पादित भर्सन अगस्ट ७ मा सार्वजनिक हुने बताइएको छ। टाटाले सार्वजनिक गरेका कार मध्ये सबैभन्दा स्टाइलिस एसयूभी कर्भ हो।

आईसीई कर्भको तुलनामा ईभीमा केही फरक भने छन्। कर्भ ईभीमा एलईडी बीएलआर सिग्नेचर, कनेक्टेड एलईडी लाइट बार, हेडलाई फरक खालको दिइएको छ। यता आईसीई कर्भमा ग्रिल एसिया धेरै रहेको जसले इन्जिन चिस्याउन मद्दत गर्छ भने ईभीमा कुलिङको त्यति धेरै जरुरत नपर्ने भएकाले धेरै भाग कभर गरिएको छ।

कर्भ ईभीमा ६ वटा एयरब्याग, अगाडि र पछाडि पार्किङ सेन्सर, ३६० डिग्री क्यामरा, अटो होल्डसहित इलेक्ट्रोनिक पार्किङ ब्रेक, सबै डिस ब्रेक तथा टाटाको आईआरए २.० कनेक्टेड टेक्नोलोजीलगायत सुरक्षा विशेषता रहेका छन्। 

त्यस्तै कर्भ ईभीमा लेवल टू एबीएस(एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम) पनि उपलब्ध रहेको छ। अर्को महत्वपूर्ण कुरा टाटा कर्भ ईभी र आईसीई दुवैले ग्लोबल एनसीएपी र भारत एनसीएपी सेफ्टी परीक्षणमा फाइभ स्टार रेटिङ पाएका छन्। सुरक्षामा टाटाका कारहरु अब्बल ठहरिँदै आएका छन्। कर्भ ईभीले चाइल्ड र एडल्ट दुवैमा फाइभ स्टार रेटिङ पाएको बताइएको छ। 

टाटा मोटर्सले पन्च ईभीपछि कर्भ ईभीमा लोगो नजिकै चार्जिङ पोर्ट राखिएको छ। टाटा मोटर्सले गएको शुक्रबार डिजाइन मात्र सार्वजनिक गरेकाले कारको अन्य डिटेल सार्वजनिक भइसकेको छैन। 

कर्भ ईभीले एक पटकको फुल चार्जबाट ५ सय किलोमिटर रेन्ज दिने अनुमान गरिएको छ। त्यस्तै यो ईभीमा ६० किलोवाट आवरको ब्याट्री हुने अनुमान छ।

टाटा मोटर्सले नेक्सन ईभीपछि टिगोर ईभी, टियागो ईभी र पन्च ईभी सार्वजनिक गरिसकेको छ। पन्च ईभीबाट टाटाले डेडिकेडेड ईभी प्लेटफर्म एक्टिभ प्रयोगमा ल्याएको हो। उक्त प्लेटफर्मलाई परिमार्जन गर्दै टाटाले अझ उत्कृष्ट पर्फमेन्स दिने ईभी ल्याउने जनाएको छ। टाटाका नेक्सन ईभी र पन्च ईभीले पनि केही महिनाअघि भएको भारत एनसीएपी र ग्लोबल एनसीएपी सेफ्टी परीक्षणमा फाइभ स्टार रेटिङ पाएका थिए। 

नेपाली बजारमा पनि टाटा मोटर्सका नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभी बिक्री भइरहेका छन्। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले अर्को महिना हुने नाडा आटो शो २०२४ मा टाटाको पन्च ईभी सार्वजनिक गर्ने तय गरिसकेको छ। भारतमा अर्को महिना सार्वजनिक भएपछि कर्भ ईभी पनि नेपाल आउने प्रक्रिया सुरु हुनेछ।


प्रकाशित : मंगलबार, साउन ८ २०८११९:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend