सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

गभर्नर अधिकारीको कार्यकालको उत्तरार्धमा नयाँ नोट छपाइका लागि धमाधम टेन्डर हुँदै

नोट छपाइमा युरोपियन पाखा लागे, छिमेकी देशका कम्पनी नजिकिँदै

images
मंगलबार, साउन ८ २०८१
images
गभर्नर अधिकारीको कार्यकालको उत्तरार्धमा नयाँ नोट छपाइका लागि धमाधम टेन्डर हुँदै

पछिल्लो समय नोट छपाइमा युरोपियन कम्पनी विस्थापित भएका छन्। यसअघि डा. चिरञ्जिवी नेपाल गभर्नर हुँदासम्म युरोपियन कम्पनीले नोट छपाइको टेन्डर जित्दै आएका थिए।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकालको अन्तिम वर्ष हुँदा नयाँ नोट छपाइका लागि धमाधम टेन्डर भइरहेको छ। 

images
images
images

राष्ट्र बैंकले पछिल्लो समय तीनवटा अन्तष्ट्रिय टेन्डर गरेको छ। ५, १० र १०० रुपैयाँका नोट छपाइका लागि राष्ट्र बैंकले टेन्डर गरेको हो। 

images
images

राष्ट्र बैंकले ३५ करोड थान पाँच रुपैयाँका नोट छपाइका लागि अप्रिल १९, २०४ मा टेन्डर आह्वान गरेको थियो। त्यस्तै १० रुपैयाँ दरका ३४ करोड थान नोट र १०० रूपैयाँका ३० करोड थान नोट छपाइका लागि यही साता टेन्डर भएको छ। 

images
images

गभर्नर अधिकारीको हस्ताक्षरमा छापिने यी नोट छपाइका लागि टेन्डर भएको हो। आगामी चैतमा पदावधि सकिने अधिकारीले यसअघि  पनि नयाँ नोट छपाइको टेन्डर गरिसकेका थिए। ५०, २० र १००० रुपैयाँका नयाँ नोट छपाइका लागि टेन्डर भएको थियो। 

अधिकारीले आफ्नो कार्यकालमा नोटसहित सिक्काको टेन्डर पनि गरेका छन्। 

पछिल्लो समय नोट छपाइमा युरोपियन कम्पनी विस्थापित भएका छन्। यसअघि डा. चिरञ्जिवी नेपाल गभर्नर हुँदासम्म युरोपियन कम्पनीले नोट छपाइको टेन्डर जित्दै आएका थिए। 

तर पछिल्लो समय भने भारतीय र चिनियाँ कम्पनीले यस्तो टेन्डर जित्दै आएका छन्। यसअघि भएको टेन्डरमा २० रुपैयाँको नोट छपाइको जिम्मा चिनियाँ कम्पनीले पाएको थियो। त्यस्तै यही महिनामात्र चिनियाँ कम्पनीले विभिन्न दरका नोट छाप्ने जिम्मा पनि चिनियाँ कम्पनीले नै पाएको छ। 

यसअघि ५० र १००० दरका नोट छाप्ने जिम्मा भने भारतीय कम्पनीले पाएको थियो। 

यसभन्दा पहिला फ्रेन्च, बेलायत, पोलिस कम्पनीहरूले नोट छपाइ गर्दै आएका थिए। छपाइका लागि न्यून लागत प्रस्ताव गर्ने कम्पनीले पाउँछन्। प्रतिस्पर्धामा टिक्न नसकेपछि युरोपियन कम्पनीहरू पाखा लाग्दै आएका छन्। 


प्रकाशित : मंगलबार, साउन ८ २०८११०:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend