बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रतिनिधिसभाबाट चौथोपटक प्रधानमन्त्रीमा केपी ओली अनुमोदित

आइतबार, साउन ६ २०८१
प्रतिनिधिसभाबाट चौथोपटक प्रधानमन्त्रीमा केपी ओली अनुमोदित

नेकपा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओली यसअघि २०७२, २०७४ र २०७८ सालमा गरी तीनपटक प्रधानमन्त्री भइसकेका छन्।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो। उनले दुई तिहाइ सांसदको समर्थन पाएका छन्। 

संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत लिएका प्रधानमन्त्री ओलीको पक्षमा आइतबार संसदमा उपस्थित २ सय ६३ सांसदमध्ये १ सय ८८ सांसदले मत दिएका छन् भने विपक्षमा ७४ मत परेको छ। एक जना सांसदको मत तटस्थ रहेको छ। 

प्रधानमन्त्रीमा ओली नेपालको संविधानको धारा ७६ (२) अनुसार गत असार ३० गते नियुक्त भएका थिए। प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता ओली चौथोपटक प्रधानमन्त्री भएका हुन्।

नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम २०७९ पुस १० गते नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ मा संसद्‌बाट विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र संसद्‌बाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

यसअघि अध्यक्ष ओली २०७२, २०७४ र २०७८ सालमा गरी तीनपटक प्रधानमन्त्री भइसकेका छन्।


प्रकाशित : आइतबार, साउन ६ २०८११८:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend