बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अभौतिकीकरणको तीव्रतामाथि ‘टेक आउटेज’को अलार्म

आइतबार, साउन ६ २०८१
अभौतिकीकरणको तीव्रतामाथि ‘टेक आउटेज’को अलार्म

एआई अबको मूलधार हुने र भौतिक र म्यानुअल शैली विस्थापित हुँदै जाने, अर्कोतिर यस्ता घटनाले दुनियाँभरका सरकारलाई झस्काएको छ। बलियो सुरक्षासँगै अब विविधिकरणमा ध्यान दिनुपर्ने भएको छ।

काठमाडौं- आर्टिफिसियल इन्टेलिजेन्सको दुनियाँमा केही न केही चमत्कार भइरहेको समाचार सुनिरहेका मान्छेलाई शुक्रबार भने झस्काउने खालको सूचना आयो। प्रविधिको दुनियाँमा पछिल्लो वर्षदेखि प्रत्येक दिन केही न केही चामत्कारिक लाग्ने खबर आइरहेका छन्। तर शुक्रबार भने यी सबै चमत्कार र भविष्यलाई झस्काउने खबर आयो।

इतिहासकै वृहत् टेक आउटेज भयो। माइक्रोसफ्टको प्रणाली प्रयोग भइरहेका संसारका ८५ लाख डिभाइस एकैपटक एकाएक ठप्प भए। संख्याको हिसाबले यो माइक्रोसफ्टको प्रणाली प्रयोग भएका डिभाइसको १ प्रतिशतमात्र हो। तर यसले संसारलाई झस्काउने काम भने राम्रैसँग गरेको छ।

माइक्रोसफ्टको सबैभन्दा ठूलोमध्येको साइबरसेक्युरिटी साझेदार क्राउडस्ट्राइकको पछिल्लो अपडेट क्र्यास हुँदा आउटेज भएको थियो। यसले गर्दा संसारभर संवेदनशील पूर्वाधार पनि प्रभावित भए।

अधिकांश सार्वजनिक सेवा, कारोबार अनलाइन आधारित बनिरहेका छन्। दुनियाँको सेवा प्रवाह तथा प्रक्रिया नै अभौतिकीकरण बन्दै गएको मात्र होइन यही नै अबको एकमात्र विकल्प हो भन्ने धेरैको मत छ। तर शुक्रबारको घटनाले भने यो बुझाइमाथि प्रश्न उठेको छ।

एउटा प्रणाली र कम्पनीमाथि संसारको कुन तहको निर्भरता छ र यसको कस्तो चुनौती ल्याउन सक्छ भन्ने डेमो दिएको छ। जहाज नै ग्राउन्डेड हुने, समाचार सेवा बन्द हुने र स्वास्थ्य सेवा नै प्रभावित हुने तहको जोखिम निम्त्याएको यो घटनाले नीति निर्माताहरूलाई झस्काएको छ।

संसारभर ७० प्रतिशत डिभाइसमा माइक्रोसफ्टको प्रणाली प्रयोग हुने गरेको छ। यो एकाधिकारले गर्दा यस्ता घटनाबाट संसाभर प्रभावित हुने धेरैको अनुमान छ। पछिल्लो समय अमेरिकी सिनेट भइरहेको प्रविधि कम्पनीको एकाधिकारमाथिको छलफलमा यही कुरा उठिरहेको छ।

एआई अबको मूलधार हुने र भौतिक र म्यानुअल शैली विस्थापित हुँदै जाने, अर्कोतिर यस्ता घटनाले दुनियाँभरका सरकारलाई झस्काएको छ। बलियो सुरक्षासँगै अब विविधिकरणमा ध्यान दिनुपर्ने भएको छ। 


प्रकाशित : आइतबार, साउन ६ २०८१११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend