बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

टाटाको कर्भ आईसीई र ईभी दुवै मोडल सार्वजनिक

शनिबार, साउन ५ २०८१
टाटाको कर्भ आईसीई र ईभी दुवै मोडल सार्वजनिक

कर्भ ईभीमा टाटाको लोगो नजिकै चार्जिङ पोर्ट राखिएको छ। पन्च ईभी पछि टाटाले कर्भ ईभीमा पनि अगाडि नै चार्जिङ पोर्ट राखेको छ।

काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले प्रतिक्षित कर्भ कारको आईसीई (इन्टरनल कम्बस्चन इन्जिन) र ईभी दुवै भर्सनमा एकैपटक सार्वजनिक गरेको छ। टाटा मोटर्सले शुक्रबार कर्भको ईभी र आईसीई मोडल सार्वजनिक गरेको हो। 

डिजाइनका आधारमा समान रहेको यो कुपे कार विद्युतीय र पेट्रोलियम इन्जिन दुवै भर्सनमा आगामी महिना बिक्रीका लागि सार्वजनिक हुनेछ। शुक्रबार टाटा मोटर्सले कर्भका दुवै मोडलको डिजाइन सार्वजनिक गरेको जनाएको छ। 

टाटा कर्भ सार्वजनिक गरेसँगै टाटा मोटर्स कम्प्याक्ट एसयूभी सेगमेन्टमा औपचारिक रुपमा प्रवेश गरेको छ। हाल भारतीय बजारमा हुन्डाई क्रेटा, किया सेल्टोस, सुजुकी ग्रान्ड भिटारा, टोयोटा हाइराइडर, होन्डा एलिभेट, एजी एस्टर, स्कोडा कुशाक, फक्सवागन टाइगुन र सिट्रोन सीथ्री एयरक्रस पछि यो सेगमेन्टमा दशौँ उत्पादनका रुपमा टाटा कर्भ आइपुगेको छ। 

टाटाले कर्भ ईभी र आईसीई कारको उत्पादित भर्सन अगस्ट २ मा सार्वजनिक हुने छ। टाटाले सार्वजनिक गरेका कार मध्ये सबैभन्दा स्टाइलिस एसयूभी कर्भ हो।

आईसीई कर्भको तुलनामा ईभीमा केही फरक भने छन्। कर्भ ईभीमा एलईडी बीएलआर सिग्नेचर, कनेक्टेड एलईडी लाइट बार, हेडलाई फरक खालको दिइएको छ। यता आईसीई कर्भमा ग्रिल एसिया धेरै रहेको जसले इन्जिन चिस्याउन मद्दत गर्छ भने ईभीमा कुलिङको त्यति धेरै जरुरत नपर्ने भएकाले धेरै भाग कभर गरिएको छ।

कर्भ ईभीमा टाटाको लोगो नजिकै चार्जिङ पोर्ट राखिएको छ। पन्च ईभी पछि टाटाले कर्भ ईभीमा पनि अगाडि नै चार्जिङ पोर्ट राखेको छ। 

tata curvv ev.PNG

टाटा मोटर्सले शुक्रबार डिजाइन मात्र सार्वजनिक गरेकाले कारको अन्य डिटेल सार्वजनिक गरेको छैन।

कर्भ ईभीले एक पटकको फुल चार्जबाट ५ सय किलोमिटर रेन्ज दिने अनुमान गरिएको छ। त्यस्तै यो ईभीमा ६० किलोवाट आवरको ब्याट्री हुने अनुमान छ।

टाटा मोटर्सले नेक्सन ईभीपछि टिगोर ईभी, टियागो ईभी र पन्च ईभी सार्वजनिक गरिसकेको छ। पन्च ईभीबाट टाटाले डेडिकेडेड ईभी प्लेटफर्म एक्टिभ प्रयोगमा ल्याएको हो। उक्त प्लेटफर्मलाई परिमार्जन गर्दै टाटाले अझ उत्कृष्ट पर्फमेन्स दिने ईभी ल्याउने जनाएको छ। 

नेपाली बजारमा पनि टाटा मोटर्सका नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभी बिक्री भइरहेका छन्। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले अर्को महिना हुने नाडा आटो शो २०२४ मा टाटाको पन्च ईभी सार्वजनिक गर्नेे तय गरिसकेको छ। भारतमा अर्को महिना सार्वजनिक भएपछि कर्भ ईभी पनि नेपाल आउने प्रक्रिया सुरु हुनेछ। 


प्रकाशित : शनिबार, साउन ५ २०८११७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend