शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एमजी साइबर जीटीएस : विद्युतीय सवारीमा नयाँ आयाम

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ४ २०८१
एमजी साइबर जीटीएस : विद्युतीय सवारीमा नयाँ आयाम

एमजीले ल्याउने विद्युतीय कारहरुको लाइनअपमा साइबर जीटीएस एउटा सुरुवात भएको एमजीका ग्लोबल डिजाइन सेन्टरका उपप्रमुख जोजेफ काबनले बताएका छन्।

काठमाडौं- बेलायती ब्रान्ड मोरिस ग्यारेज (एमजी) नयाँ मोडलको कन्सेप्ट कार सार्वजनिक गरेको छ। फेस्टिवल अफ स्वीड ‘गुडउड’ को अवसर पारेर एमजीले साइबर जीटी कन्सेप्ट कार सार्वजनिक गरेको हो। 

एमजीले आफ्नो स्थापनाको शताब्दी वर्ष मनाइरहेको अवसरमा विभिन्न कामहरु गरिरहेको छ। एमजीको थिममा बनेको उक्त कन्सेप्ट कार निक्कै आकर्षक रहेको छ। विद्युतीय सवारीमा एमजीको इनोभेसन कस्तो र कहाँसम्म पुगेको छ भन्ने कुरा सो कन्सेप्ट कारले समेत देखाउँछ।

एमजीले साइबर जीटीएस कन्सेप्ट मार्फत विद्युतीय सवारीमा नयाँ आयाम थप्न लागेको एमजी यूकेले जनाएको छ। यो कन्सेप्टले एमजीको डिजाइनमात्र देखाएको नभइ उपभोक्तालाई एमजीले दिने चालन अनुभवको पनि नयाँ अध्याय हुने कम्पनीको भनाइ छ। दीर्घकालीन प्रविधिलाई आत्मसात गर्दै एमजीले नवीनतम प्रविधिको प्रयोग नयाँ कारहरुमा गर्दै जानेछ।  

बेलायती डीएनएसहितको एमजी जीटीएसमा १९ इन्चको ह्वील रहेको छ भने शक्तिशाली पावर ट्रेनसहित आउनेछ। यसले एमजीको अटोमोटिभ एक्सिलेन्सलाई अझ मजबुत बनाएको छ।

साइबरस्टारको उत्पादनपछि एमजीले अर्को पावरफुल विद्युतीय कार ल्याउन लागेको हो। एमजीले ल्याउने विद्युतीय कारहरुको लाइनअपमा साइबर जीटीएस एउटा सुरुवात भएको एमजीका ग्लोबल डिजाइन सेन्टरका उपप्रमुख जोजेफ काबनले बताएका छन्। 

mg cyber gts.PNG

साइबर जीटीएसले एमजीको आधुनिक प्रविधि र पर्फमेन्सबीचको उपयुक्त सन्तुलन भएको काबनको भनाइ छ। यो कारमात्र नभएर एमजीको विद्युतीय मोबिलिटीको भविष्यको संकेत पनि भएको उनले बताए। 

उत्पादनका लागिसमेत एमजी साइबर जीटीएस तयार रहेको कम्पनीले जनाएको छ। आवश्यक सुझाव लिएर केही परिमार्जन गर्न सक्ने भए पनि २०२५ को सुरुवातमै यो कार बजारमा आउने छ।

एमजीको साइबरस्टार नेपाली बजारमा ल्याउने तयारी कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले गरेको छ। परामाउन्टले आगामी भदौमा हुने नाडा अटो शो २०२४ मा एमजी साइबरस्टार ल्याउने तयारी गरेको छ। 

एमजीका विद्युतीय कार नेपाली बजारमा लोकप्रिय छन्। पारामाउन्ट मोटर्सले हाल एमजी जेडएस ईभी, एमजी फोर र एमजी कोमेट विद्युतीय कार उपलब्ध गराएको छ। एमजी फोर र जेडएस ईभी अहिले पनि उपभोक्ताको रोजाइमा रहेको विद्युतीय कार हुन्। 


प्रकाशित : शुक्रबार, साउन ४ २०८११०:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend