बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

साउन ६ मा विश्वासको मत लिँदै प्रधानमन्त्री ओली

बुधबार, साउन २ २०८१
साउन ६ मा विश्वासको मत लिँदै प्रधानमन्त्री ओली

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री भएका हुन्।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन्।

प्रधानमन्त्री ओलीले संघीय संसद्, प्रतिनिधिसभाबाट उक्त दिन विश्वासको मत लिने तय भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए।

नेपालको संविधानको धारा ७६ (२) अनुसार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता ओली चौथोपटक प्रधानमन्त्री भएका हुन्।

संविधानको धारा ७६ (४) बमोजिम उनले विश्वासको मत लिन लागेका हुन्। दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। रासस


प्रकाशित : बुधबार, साउन २ २०८११६:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend