बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

व्यवस्थापनसँगै सुगतरत्न कंशाकारको रिसोर्टको ४८ प्रतिशत सेयर सोल्टीले किन्यो

बिहीबार , साउन ३ २०८१
व्यवस्थापनसँगै सुगतरत्न कंशाकारको रिसोर्टको ४८ प्रतिशत सेयर सोल्टीले किन्यो

सोल्टीले स्वामित्वसमेत खरिद गरेपछि रिसोर्टको केही पूर्वाधारमा नयाँ लगानी पनि भएको छ। उक्त रिसोर्टमा ट्रान्सपरेन्ट ग्लास लिफ्टको निर्माण पनि भएको छ। त्यस्तै अन्य आवश्यक पूर्वाधारमा पनि लगानी भएको छ।

काठमाडौं- सुगतरत्न कंशाकारको स्वामित्वमा रहेको नगरकोटको रिसोर्टको ४८ प्रतिशत सेयर सोल्टी होटलले खरिद गरेको छ। 

सुरूमा तायो इको रिसोर्टका रुपमा सञ्चालनमा आएको नगरकोटको रिसोर्टको व्यवस्थापन पछिल्लो समय सोल्टीले नै गर्दै आएको थियो। सोल्टी वेस्टेण्ड रिसोर्टका रुपमा सञ्चालन भइरहेको छ। व्यवस्थापनसँगै सोल्टीले उक्त रिसोर्टको सेयर खरिद गरेको हो। 

सञ्चालन आएको करिब एक वर्षभित्रै होटलको व्यवस्थापन तथा ब्रान्ड परिवर्तन भएको थियो। १ अर्ब रुपैयाँमा निर्माण भएको उक्त रिसोर्टको सञ्चालन आयबाट दायित्व भुक्तानीमा समस्या भएपछि कंशाकारले सेयर बिक्री गरेका हुन्। यद्यपि बहुमत सेयर उनले अझै आफैसँग राखेका छन्। 

योसँगै सोल्टीका लागि काठमाडौं उपत्यका आसपासमा आफ्नै होटल सञ्चालन गर्ने आवश्यकता पनि पूर्ति भएको छ। काठमाडौं सहरमा होटल भएपछि पछिल्लो समय उचाइमा पनि प्रोपर्टी आवश्यक भएको भन्दै व्यवस्थापनले खोजी गरेको थियो। 

सोल्टीले स्वामित्वसमेत खरिद गरेपछि रिसोर्टको केही पूर्वाधारमा नयाँ लगानी पनि भएको छ। उक्त रिसोर्टमा ट्रान्सपरेन्ट ग्लास लिफ्टको निर्माण पनि भएको छ। त्यस्तै अन्य आवश्यक पूर्वाधारमा पनि लगानी भएको छ। 

पूर्वराजा ज्ञानेन्द्र शाहको समेत लगानी भएको सोल्टीले पछिल्लो समय होटलसँगै व्यवस्थापन सेवाको पनि विस्तार गरेको छ। नेपालगञ्जमा छुट्टै कम्पनीसँग साझेदारीमा सोल्टी वेष्टेण्ड प्रिमियर सञ्चालन गरिरहेको छ। त्यस्तै चितवनमा रिसोर्ट र इटहरीमा पनि होटल सञ्चालन तथा व्यवस्थापन गरिरहेको छ। 

नेपालकै आइकनिक होटल ब्रान्ड बनाएको सोल्टीले नेपाली शैलीको अथित्यतासहितको व्यवस्थापन कौशल विकास गरिरहेको छ। नेपालका विभिन्न ठाउँमा सञ्जाल विस्तार गर्दै विदेशमा पनि विस्तार गर्ने योजना बनाएको छ। 


प्रकाशित : बिहीबार , साउन ३ २०८१०८:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend