शनिबार, फागुन ३ गते २०८१    
शनिबार, फागुन ३ २०८१
images
images

३ अर्बको लगानीमा ८ विद्युतीय सवारी एसेम्बल उद्योग, कुनमा कति लगानी?

images
बुधबार, साउन २ २०८१
images
images
३ अर्बको लगानीमा ८ विद्युतीय सवारी एसेम्बल उद्योग, कुनमा कति लगानी?

आर्थिक वर्ष २०८०/८१ मा ८ सवारी एसेम्बल उद्योगले कुल २ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी लगानी प्रस्ताव गरेका छन्। यस वर्ष एउटा ठूला, २ वटा मध्य र ५ वटा साना एसेम्बल उद्योग दर्ता भएका हुन्।

images
images

काठमाडौं- गत आर्थिक वर्ष २०८०/८१ मा ८ वटा सवारी एसेम्बल गर्ने उद्योग दर्ता भएका छन्। मोटरसाइकल तथा स्कुटर, तीनपांग्रे रिक्सा तथा चारपांग्रे सवारी एसेम्बल गर्ने प्रस्तावसहित उक्त एसेम्बल उद्योग दर्ता भएका हुन्। 

images
images
images

अघिल्ला वर्षहरूको एसेम्बल उद्योग दर्ता संख्याको तुलनामा २०८०/८१ मा भने दर्ता संख्या कम देखिएको छ। यसअघि दर्ता भएको अधिकांश एसेम्बल उद्योगहरू दर्तामै सीमित छन्। 

images
images

५० भन्दाबढी सवारी एसेम्बल उद्योग दर्ता भए पनि हालसम्म एक दर्जन पनि सञ्चालनमा छैनन्। ७/८ वटा दुईपांग्रे सवारी एसेम्बल उद्योग सञ्चालनमा छन् भने हुन्डाईको चारपांग्रे एसेम्बल उद्योग २०८१ बैशाखदेखि सञ्चालनमा छ। 

images
images
images

गत आर्थिक वर्ष २०८०/८१ मा ८ सवारी एसेम्बल उद्योगले कुल २ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी लगानी प्रस्ताव गरेका छन्। यस वर्ष एउटा ठूला, २ वटा मध्य र ५ वटा साना एसेम्बल उद्योग दर्ता भएका हुन्। 

सो आवमा सबैभन्दा धेरै लगानी गर्नेगरी कोशी एनके मोटर्स दर्ता भएको छ। विद्युतीय सवारी उत्पादन गर्नेगरी मोरङमा कोशी एनके मोटर्स नामक कम्पनी दर्ता भएको हो। 

कोशी एनके मोटर्समा सतप्रतिशत स्वदेशी लगानी हुनेछ। सो एसेम्बल उद्योगमा १ अर्ब ३२ करोड १९ लाख ६० हजार ४ सय ९७ रुपैयाँ लगानी प्रस्ताव गरिएको छ।  

चारपांग्रे विद्युतीय सवारी उत्पादन गर्ने उद्योगले वार्षिक ४ सय २० वटा सवारी बनाउने प्रस्ताव गरेको छ। लगानी सवा अर्बभन्दा बढी प्रस्ताव गरिएको भए पनि वार्षिक सवारी उत्पादन क्षमता भने कम प्रस्ताव गरिएको छ। 

त्यस्तै एसिया भेसहल एसेम्बल उद्योग बारामा स्थापना हुने छ भने ८६ करोड ८९ लाख ३२ हजार रुपैयाँ लगानी प्रस्ताव गरेको छ। यो उद्योगले ६ हजार विद्युतीय तीनपांग्रे, ३ हजार विद्युतीय भ्यान, ३ हजार विद्युतीय दुईपांग्रे र ३ हजार वटा विद्युतीय चारपांग्रे सवारी वार्षिक रुपमा एसेम्बल गर्ने प्रस्ताव गरेको छ। 

नेपाल कोरिया ई भेहिकल कम्पनी काठमाडौंमा स्थापना हुने र यो एसेम्बल उद्योगमा ४० करोड रुपैयाँ लगानी प्रस्ताव गरिएको छ। 

यो एसेम्बल उद्योगले १५ सय वटा विद्युतीय तीनपांग्रे, १ हजार वटा विद्युतीय कार र ६ हजार विद्युतीय दुईपांग्रे एसेम्बल गर्ने योजना रहेको छ। 

भक्तपुरमा सवारी एसेम्बल गर्ने भनेर गत आवमा ३ वटा उद्योग दर्ता भएका हुन्। नेपाल जियाङसीज न्यू इनर्जी टेक्नोलोली, जेम्स ग्रिन इलेक्ट्रिो मोबिलिटी सर्भिस र कार्ल इलेक्ट्रिक अटोले क्रमशः ४ करोड, २८ करोड र २ करोड ७५ लाख रुपैयाँ लगानी प्रतिबद्धता गरेका छन्। 

नेपाल जियाङसीज न्यू इनर्जी टेक्नोलोलीले वार्षिक ३ हजार २ सय विद्युतीय तीन पांग्रे र ४ हजार विद्युतीय दुई पांग्रे सवारी बनाउने भनेको छ।

त्यस्तै जेम्स ग्रिन इलेक्ट्रिो मोबिलिटी सर्भिसले विद्युतीय सवारी (बाइ-कन्भर्जन) १ सय वटा र विद्युतीय सवारी (बाइएसेम्ब्लिङ) ५ सय वटा उत्पादन गर्ने प्रस्ताव गरेको छ। 

कार्ल इलेक्ट्रिक अटोले वार्षिक ६ सय वटा विद्युतीय स्कुटर तथा मोटरसाइकल, १ सय ५० वटा विद्युतीय तीनपांग्रे र १ सय ५० वटा विद्युतीय चारपांग्रे भ्यान एसेम्बल गर्ने बताएको छ। 

स्पर्ट इलेक्ट्रिक प्रालिले रुपन्देहीमा एसेम्बल उद्योग स्थापना गर्नेगरी ७ करोड ७५ लाख रुपैयाँ लगानी प्रस्ताव गरेको छ। यो एसेम्बल उद्योगले वार्षिक ३ सय वटा मोटरसाइकल उत्पादन गर्ने योजना बनाएको छ। 

सरकारले चारपांग्रे सवारी एसेम्बलका लागि ल्याइने सीकेडीमा २५ प्रतिशत भन्सार र ५० प्रतिशत अन्तःशुल्क छुट दिँदै आएको छ।

त्यस्तै मोटरसाइकल तथा स्कुटर एसेम्बलमा अन्तःशुल्कमा ५० प्रतिशत छुट दिएएको छ। यसका साथै सरकार आयकरलगायत अन्य छुटहरू पनि दिने नीति लिएको छ। 

व्यवसायीहरूले उक्त छुटलाई ५ देखि १० वर्षसम्म स्थिर राख्नु पर्ने माग गर्दै आएका छन्।


प्रकाशित : बुधबार, साउन २ २०८१०८:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend