शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

१ अर्ब ३२ करोड लगानीमा विद्युतीय कार उद्योग खुल्दै

मंगलबार, साउन १ २०८१
१ अर्ब ३२ करोड लगानीमा विद्युतीय कार उद्योग खुल्दै

कोशी एनके मोटर्समा सतप्रतिशत स्वदेशी लगानी हुनेछ। सो एसेम्बल उद्योगमा १ अर्ब ३२ करोड १९ लाख ६० हजार ४ सय ९७ रुपैयाँ लगानी हुनेछ।

काठमाडौं- नेपालमै सवारी एसेम्बल गर्नका लागि उद्योग दर्ता गर्ने क्रम उल्लेख्य रुपमा बढेको छ। दुईपांग्रे सवारीतर्फ भने आधा दर्जनभन्दा बढी कम्पनीले एसेम्बल गर्दै आएका छन्। तर चारपांग्रेतर्फ भने हालसम्म दर्जनौँ कम्पनी दर्ता भए पनि हुन्डाईका कारमात्र एसेम्बल सुरु भएको छ। 

यस्तैमा चारपांग्रे विद्युतीय सवारी उत्पादन गर्नेगरी अर्को नयाँ कम्पनी दर्ता भएको छ। विद्युतीय सवारी उत्पादन गर्नेगरी मोरङमा कोशी एनके मोटर्स नामक कम्पनी दर्ता भएको हो। 

कोशी एनके मोटर्समा सतप्रतिशत स्वदेशी लगानी हुनेछ। सो एसेम्बल उद्योगमा १ अर्ब ३२ करोड १९ लाख ६० हजार ४ सय ९७ रुपैयाँ लगानी हुनेछ। 

चारपांग्रे विद्युतीय सवारी उत्पादन गर्ने उद्योगले वार्षिक ४ सय २० वटा सवारी बनाउने प्रस्ताव गरेको छ। लगानी सवा अर्बभन्दा बढी प्रस्ताव गरिएको भए पनि वार्षिक सवारी उत्पादन क्षमता भने कम प्रस्ताव गरिएको छ। 

दर्जनभन्दा बढी चारपांग्रे उद्योग दर्ता भइसकेको तर एउटा हुन्डाईले मात्र एसेम्बल सुरु गरेकाले नयाँ दर्ता भएको कोशी एनके मोटर्सले पनि तत्कालै एसेम्बल थाल्नेमा शंका छ। 

दुईपांग्रे सवारीको तुलनामा चारपांग्रे सवारी एसेम्बललाई अलि जटिल मानिँदै आएको छ। सवारी आयात गर्ने क्रमबाट देशलाई औद्योगीकरण गर्ने उद्देश्यले सरकारले दुई तथा चारपांग्रे सवारी एसेम्बलका लागि ल्याइने सीकेडीमा कर सहुलियत दिँदै आएको छ। 

सरकारले चारपांग्रे सवारी एसेम्बलका लागि ल्याइने सीकेडीमा २५ प्रतिशत भन्सार र ५० प्रतिशत अन्तःशुल्क छुट दिँदै आएको छ। व्यवसायीहरूले उक्त छुटलाई ५ देखि १० वर्षसम्म स्थिर राख्नु पर्ने माग गर्दै आएका छन्।

नीतिगत स्थिरताबिना ठूलो लगानी गरेर सञ्चालन गरिने एसेम्बल उद्योग चल्ने नसक्ने व्यवसायीहरूले बताउँदै आएका छन्।


प्रकाशित : मंगलबार, साउन १ २०८११०:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend