शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

चालु वर्षमात्रै २२ कम्पनीमार्फत ऊर्जामा ९० अर्ब लगानी गर्ने निजी क्षेत्रको प्रतिबद्धता

सोमबार, असार ३१ २०८१
चालु वर्षमात्रै २२ कम्पनीमार्फत ऊर्जामा ९० अर्ब लगानी गर्ने निजी क्षेत्रको प्रतिबद्धता

मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाई अगाडि सार्दै उक्त परिमाणमा लगानी गर्ने लक्ष्य तय गरेको हो। सरकारले सन् २०२३ देखि २०३५ सम्मको १२ वर्षे कार्ययोजना तयार पारिसकेको छ।

काठमाडौं- नेपालमा हाल ३ हजार १ सय ५० मेगावाट विद्युत क्षमता केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ। जसमा निजी क्षेत्रको मात्रै १ सय ६७ आयोजनाका २ हजार १ सय ५४ मेगावाट क्षमता प्रसारणलाइनमा जोडिएको छ।

स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इप्पान) ले तयार पारेको तथ्यांकअनुसार नेपालको बिजुलीको जडित क्षमतामा ७६ प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रको रहेको छ। 

पछिल्लो समय उद्योगमा विभागमा चालू आर्थिक वर्ष २०८०/८१ मा २२ हाइड्रोपावर कम्पनी दर्ता भएका छन्। जसमा ८९ अर्ब  १७ करोड २४ लाख रुपैयाँ लगानीको प्रतिबद्धता जनाएका छन्। गत आर्थिक वर्षमा भन्दा उक्त प्रतिबद्धता कमी हो।

गतवर्ष ४५ आयोजनामा १ खर्ब १२ अर्ब ६८ करोड २२ लाख ४ हजार ७ सय ६१ रुपैयाँ लगानी प्रतिबद्धता जनाएका थिए। पछिल्लो समय निजी क्षेत्रले खर्बौं लगानी जलविद्युत क्षेत्रमा गरिरहेका छन्।

सरकारले आगामी १० वर्षभित्र १५ हजार मेगावाट विद्युत निर्यात गर्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ। सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गरेर १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखेको हो।

सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने लक्ष्यसहितको महत्वाकांक्षी कार्ययोजना तयार पारेको छ।

मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाई अगाडि सार्दै उक्त परिमाणमा लगानी गर्ने लक्ष्य तय गरेको हो। सरकारले सन् २०२३ देखि २०३५ सम्मको १२ वर्षे कार्ययोजना तयार पारिसकेको छ। सोही कारण निजी क्षेत्र पछि पछिल्लो समय लगानी बढाउने योजनामा रहेका छन्। साना र ठूला दुबै परियोजनामा निजी क्षेत्रका लगानीकर्ताको लगानी बढ्दो छ। 

पछिल्लो समय ठूला क्षमताको जलविद्युत परियोजना निर्माणमा निजी क्षेत्र तम्सिएका छन्। विगतमा केही किलोवाटदेखि १० मेगावाटसम्मका जलविद्युत परियोजना निर्माणमा केन्द्रित निजी क्षेत्र पछिल्लो समय भने एकपछि अर्को ठूला आयोजना निर्माणमा केन्द्रित भएका छन्। 

जलविद्युतमा बैंक तथा वित्तीय क्षेत्रले समेत लगानी बढाउँदै लगेका छन्। नेपाल राष्ट्र बैंकले पनि जलविद्युतमा लगानी गर्न बैंकहरूलाई अनिवार्य नै गरेको छ। जसका कारण पनि ठूला आयोजना निर्माणमा निजी क्षेत्र लागेका छन्।

तमोर इनर्जी मात्रै नभएर अहिले तीन दर्जन ठूला आयोजना निर्माणमा स्वदेशी निजी लगानीकर्ता लागेका छन्। जसमा ७० मेगावाटभन्दा माथि ६ सय मेगावाट क्षमताका परियोजनासम्म निर्माणको तयारी गरेर वित्तीय स्रोत जुटाउन लागिपरेका छन्। 

पछिल्लो समय ४० कम्पनीमार्फत ५ हजार ९ सय १७ मेगावाट बिजुली उत्पादनका लागि निर्माणको तयारी भइरहेको छ। जसमा सबै स्वदेशी नेपाली प्रवर्द्धकहरू रहेका छन्। ती आयोजनाहरू ७० मेगावाटदेखि ६ सय मेगावाटसम्मका रहेका छन्।

अहिलेको निर्माणको अधारलाई मान्दा ५ हजार ९ सय १७ मेगावाट क्षमताको परियोजनामा ४० कम्पनीले मात्रै १० खर्ब ६५ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दैछन्।


प्रकाशित : सोमबार, असार ३१ २०८११३:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend