शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

ट्राफिक-नाडाको सहकार्यमा ट्राफिक सचेतना अभियान

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
ट्राफिक-नाडाको सहकार्यमा ट्राफिक सचेतना अभियान

नाडाले मास्क लगाउन सबैलाई आग्रह गर्दै ट्राफिक सचेतना सन्बन्धि जानकारी मुलक सन्देश लेखिएका स्टिकरहरु सवारीमा टाँसिएको थियो। 

काठमाडौं- नाडा अटोमोमाइल्स एसोसिएसन अफ नेपाल र महानगरिय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा ट्राफिक सचेतना कार्यक्रम भएको छ। शुक्रबार त्रिपुरेश्वरमा ट्राफिक सचेतना अभियान २०७८ गरिएको हो।

नाडाले मास्क लगाउन सबैलाई आग्रह गर्दै ट्राफिक सचेतना सन्बन्धि जानकारी मुलक सन्देश लेखिएका स्टिकरहरु सवारीमा टाँसिएको थियो। 

nada3.jpeg

नाडाले उपलब्ध गराएको ब्यानरले ट्राफिक सचेतनाका लागि सहयोग पुग्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराइले बताए।

हरेक वर्ष ट्राफिक प्रहरसँगको सहकार्यमा नाडाले सचेतना कार्यक्रम गर्दै आएको छ। व्यवसायसँगै सामाजिक उत्तरदायित्व पनि नाडाको प्रथमिकतामा पर्ने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए।

nada5.jpeg

‘व्यक्ति सुरक्षित हुन मास्क लगानु जरूरी भएजस्तै हामी चढ्ने सवारी समेत सुरक्षित हुनुपर्छ,’ दुलालले भने, ‘व्यवसायमात्र नभइ नाडा समाजप्रति समेत उत्तरदायी छ।’ 

नाडाका पदाधिकारी तथा ट्राफिक प्रहरीले मास्क नलगाएकालाई मास्क वितरण र सवारीमा नो हर्न लेखिएको स्टिकर टाँसेका थिए। कार्यक्रम शुक्रबार ३ बजेसम्म चल्ने नाडाले जनाएको छ। 

nada 1.jpeg


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८०७:२५
  • सम्बन्धित विषय:

  • # नाडा
  • # ट्राफिक सचेतना
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend