बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एक्साइड ब्याट्रीका डिलरहरुको जापान भ्रमण सम्पन्न

सोमबार, असार २४ २०८१
एक्साइड ब्याट्रीका डिलरहरुको जापान भ्रमण सम्पन्न

मुलुकभर बिक्री एवं सेवा सञ्जाल भएको एक्साइडले आफ्नो ग्राहकलाई उच्च गुणस्तरीय उत्पादनहरु प्रदान गर्दै आइरहेको छ।

काठमाडौं- एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले हालसालै आफ्ना च्यानल पार्टनरहरुलाई सातदिने जापान भ्रमण गराएको छ।

भ्रमणमा तिरुपति बालाजी टायर वल्र्ड, भट्टराई एण्ड ब्रदर्स सप्लायर्स, आरबी इलेक्ट्रिक एण्ड इलोक्ट्रोनिक्स, शिव शक्ति सप्लायर्स, चण्डेश्वरी इलेक्ट्रिक एण्ड इलोक्ट्रोनिक्स सप्लायर्स र आँचल इलोक्ट्रोनिक्स ट्रेडका प्रतिनिधिहरु सहभागिता थियो।

एक्साइड ब्याट्रीका वरिष्ठ महाप्रबन्धक सुरेशकुमार तिवारीले नेतृत्व गरेको यस जापान भ्रमणको क्रममा उनले च्यानल पार्टनरहरुलाई मायाको चिनो पनि प्रदान गरेका थिए।

भ्रमणका क्रममा प्रतिनिधिहरुले जापानको प्रमुख सहर टोकियो, ओसाका र नारितामा अवस्थित विभिन्न पर्यटकीय आकर्षणहरुको अवलोकन गरेका थिए। यस्ता आकर्षणहरु कनाउजी टेम्पल, आसाकूसा टेम्पल, आराशियामा ब्याम्बू ग्रुभ, माउन्ट फुजी, आक्वा लाइन, सूमीदा रिभर, टोकियो डिसनी ल्याण्ड आदि हुन्।

यसभन्दा अघि यसैगरी च्यानल पार्टनरहरुलाई युरोप भ्रमण गराइएको थियो। यस्ता भ्रमणहरुले कम्पनी र च्यानल पार्टनरबीचको सम्बन्ध अझ बलियो र पारस्परिकरुपमा फलदायी हुने कम्पनीको विश्वास छ। भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उद्देश्य रहेको कम्पनीले जनाएको छ।

गाडी, मोटरसाइकल, इन्भर्टर, र सोलारसम्बन्धी एक्साइड ब्राण्डका उच्चस्तरीय ब्याट्रीहरु बजारमा उपलब्ध छन्।

मुलुकभर बिक्री एवं सेवा सञ्जाल भएको एक्साइडले आफ्नो ग्राहकलाई उच्च गुणस्तरीय उत्पादनहरु प्रदान गर्दै आइरहेको छ। एक्साइडले नेपाली बजारमा अग्रस्थान ओगट्न सफल भएको कम्पनीको दाबी छ।   


प्रकाशित : सोमबार, असार २४ २०८११६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend