शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

स्काइवेलको नयाँ शोरुम नक्सालमा तयार हुँदै

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २१ २०८१
स्काइवेलको नयाँ शोरुम नक्सालमा तयार हुँदै

नक्साल नारायणचौरमा जी मोटर्सले अत्याधुनिक शोरुम निर्माण गरिरहेको र उक्त शोरुम अबको एक महिनाभित्र सञ्चालनमा आइसक्ने कम्पनीको भनाइ छ।

काठमाडौं- जी मोटर्स प्रालिले स्काइवेलको नयाँ शोरुम काठमाडौंको नक्सालमा बनाइरहेको छ। निर्माण सुरु भइसकेकाले अबको एक महिनाभित्र उक्त शोरुम सञ्चालनमा आउने कम्पनीले जनाएको छ। 

जी मोटर्सले गत वर्षको नाडा अटो शोमा स्वाइवेलका प्रिमियम ईभी एसयूभी आधिकारिक वितरकको रुपमा नेपाल भित्र्याएको थियो। कम्पनीले गएको बैशाखमा स्काइवेल ईभी फाइभ विद्युतीय एसयूभी सार्वजनिक र भक्तपुरको शोरुम सञ्चालनमा ल्याएको थियो। 

नक्साल नारायणचौरमा जी मोटर्सले अत्याधुनिक शोरुम निर्माण गरिरहेको र उक्त शोरुम अबको एक महिनाभित्र सञ्चालनमा आइसक्ने कम्पनीको भनाइ छ।  

नेपालमै सबैभन्दा धेरै रेन्ज ६ सय २० किमिको दुरी एकपटकको चार्जमा तय गर्ने र १ सय ५० किलोवाट मोटर भएको स्काइवेल ईटी फाइभले ग्राहकलाई सोचेभन्दा आरामदायी यात्रा तय गराउने कम्पनीको दाबी छ।

स्काइवेल ईटी फाइभका प्रिमियम विशेषताहरु :

- ८६ किलोवाट आवरको ब्याट्री प्याक 

- १ सय ५० किलोवाट मोटर

- सीएनसीएपी फाइभ स्टार सेफ्टी

- एक पटकको फुल चार्जमा ६ सय २० किमि रेन्ज 

- अटो पार्किङ

- मेट्रिक्स लेजर हेडलाइट

- मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर

- फुल साएज प्यानारोमिक सनरुफ र मुनरुफ

स्काइवेल ईटी फाइभ विशेषगरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो।

यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ। यसको टपस्पिड १ सय ६० प्रतिघण्टाभन्दा बढी रहेको छ, जसले उपभोक्तालाई उच्च गतीको सवारी ड्राइभिङ अनुभूति दिलाउने छ।

स्काइवेल ईटी फाइभको नेपाली बजार मूल्य १ करोड ९ लाख रूपैयाँ तोकिएको छ। 


प्रकाशित : शुक्रबार, असार २१ २०८११६:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend