शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नेपाल आउने भयो किटोनको १४ सिटे विद्युतीय माइक्रोबस, मूल्य ४९ लाख ९० हजार

शुक्रबार, असार २१ २०८१
नेपाल आउने भयो किटोनको १४ सिटे विद्युतीय माइक्रोबस, मूल्य ४९ लाख ९० हजार

किटोनको १४ सिट क्षमताको भ्यानमा ५३ किलोवाट आवर ब्याट्री प्याक हुनेछ। त्यस्तै यो भ्यानमा ७५ किलोवाट पिक पावरको मोटर जडान गरिएको छ।

काठमाडौं- शशिला मोटर्सले अर्को विद्युतीय भ्यान नेपाल ल्याउने भएको छ। कम्पनीले चीनको किटोन मोटरले उत्पादन गरेको १४ सिट क्षमताको विद्युतीय भ्यान ल्याउने भएको हो। 

शशिला मोटर्स प्रालि र किटोन मोटरबीच हालै आधिकारिक बिक्रेताको सम्झौता भएको थियो। उक्त सम्झौतालगत्तै शशिला मोटर्सले किटोनले उत्पादन गरेको १४ सिट क्षमताको विद्युतीय माइक्रोबस नेपाल ल्याउने प्रक्रिया सुरु गरेको छ। 

किटोनका विद्युतीय माइक्रोबस दुई महिनाभित्र नेपाल आइपुग्ने छ। शशिला मोटर्सले १४ सिट क्षमताको किटोनको विद्युतीय भ्यान ४९ लाख ९० हजार रुपैयाँमै बिक्री गर्ने तयारी गरेको छ। यो मूल्यमा सेगमेन्टकै सबैभन्दा उपयुक्त मूल्यमा किटोनको भ्यान आउने भएको हो। 

किटोनको १४ सिट क्षमताको भ्यानमा ५३ किलोवाट आवर ब्याट्री प्याक हुनेछ। त्यस्तै यो भ्यानमा ७५ किलोवाट पिक पावरको मोटर जडान गरिएको छ। 

किटोन मोटर फुजियान मोटर इन्डिस्ट्री ग्रुपअन्तर्गतको सवारी उत्पादन कम्पनी हो। यही ग्रुपअन्तर्गत फुजियान बेन्ज भ्यान (मर्सिडिज बेन्जसँगको सहकार्यमा), किङलङ बसलगायत उत्पादन हुँदै आएको छ। एफजे मोटरले २०१० मा किटोन ब्रान्डको स्थापना जर्मन क्राफ्ट म्यानेजमेन्ट सिस्टमसँगको सहकार्यमा गरेको थियो। 

विद्युतीय सवारी उत्पादनलाई प्राथमिकता दिएर बनेको किटोन मोटरको चीनमा अत्याधुनिक प्लाट रहेको छ। शशिला मोटर्सले हाइगरको विद्युतीय भ्यान ल्याएर कमर्सियल ईभी बिक्री सुरु गरेको हो। त्यसपछि हालै मात्र शशिलाले भान्चे ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय बस नेपाल भित्र्याउने सम्झौता गरेको थियो। 

keyton 14 e van1.jfif

हाल नेपाली बजारमा १९ सिटसम्मका विद्युतीय बस उपलब्ध रहेकोमा अब भने त्योभन्दा बढी सिट क्षमताका विद्युतीय बस आउने भएका हुन्। शशिला मोटर्स र भान्चे ब्रान्डबीच नेपालमा उक्त ब्रान्डले उत्पादन गरेको विद्युतीय बस आधिकारिक रुपमा ल्याउने सम्झौता भएको थियो। 

एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक पावर रहने कम्पनीले बताएको छ।

विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको १ सय २३ किलोवाट आवरको लिथियम आइरन फोसफेट ब्याट्री जडान हुने यो बसमा पूर्ण रुपमा एयर कन्डिसन र सबैखाले सुरक्षा विशेषता उपलब्ध हुनेछ। 

१ सय २३ किलोवाट आवर ब्याट्री क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक आउन लागेको कम्पनीको भनाइ छ। 

शशिला मोटर्सले विद्युतीय सवारी आयात गर्दा सर्भिस र सवारीसाधनका लागि चाहिने पार्टपूर्जा आयातलाई पनि प्राथमिता दिँदै आएको छ। उपभोक्ताले बिक्रीपछिको सेवा पाउनु पर्ने र त्यसलाई शशिला मोटर्सले प्राथमिकताका साथ काम गरिरहेको कम्पनीको भनाइ छ।


प्रकाशित : शुक्रबार, असार २१ २०८११०:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend