शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

विद्युतीय कारको ब्याट्री ५ मिनेटभन्दा कम समयमै चार्ज हुने

बिहीबार , असार २० २०८१
विद्युतीय कारको ब्याट्री ५ मिनेटभन्दा कम समयमै चार्ज हुने

हाल ३५ किलोवाट आवर ब्याट्रीका लागि प्रयोगमा आएको यो सुपर फास्ट चार्जिङ प्रविधि निकट भविष्यमै ठूलो ब्याट्री प्याकमा पनि उपलब्ध हुने अनुमान गरिएको छ।

काठमाडौं- बेलायती स्टार्टअपले विद्युतीय कारको ब्याट्री चार्ज गर्न लाग्ने समय घटाउन समाधान निकालेको छ। अहिलेसम्म प्रयोगमा आएको प्रविधिअनुसार विद्युतीय सवारीमा भएको ब्याट्री चार्ज गर्न औषत आधा घण्टाभन्दा बढी नै समय लाग्छ। 

छिटो चार्ज गर्न मिल्ने प्रविधिबारे धेरैले अनुसन्धान गरिरहेका छन्। अनुसन्धानमा रहेको र परीक्षण भइरहेकाले हालसम्म ५/१० मिनेटमै ब्याट्री चार्ज हुने प्रविधि प्रयोगमा आइसकेको छैन। 

बेलायतको क्याम्ब्रिजमा रहेको न्योबोल्टले ३५ किलोवाट आवरको लिथियम आइरन ब्याट्री १० बाट ८० प्रतिशत चार्ज हुन ५ मिनेट ३० सेकेन्टमै चार्ज हुनसक्ने प्रविधि विकास गरेको हो। सो स्टार्टअपले गत साता सो ३५ किलोवाट आवरको ब्याट्री १० देखि ८० प्रतिशत चार्ज ४ मिनेट ३० सेकेन्डमै चार्ज गरिएको लाइभ डेमो गत साता देखाएको सीएनएनले लेखेको छ। हाल प्रयोगमा रहेका विद्युतीय कार चास्ट चार्जरबाटै २० मिनेटभन्दा छिटो चार्ज गर्न सक्ने क्षमताका छैनन्। 

टेस्ला सुपर चार्जरले पनि १० देखि ८० प्रतिशत चार्ज हुन २० देखि २५ मिनेट लाग्ने गरेको छ। न्योबोल्टले विकास गरेको चार्जिङ समय भनेको पेट्रोल पम्पमा गएर इन्धन भर्न लाग्ने समयभन्दा सामान्य बढीमात्र हो। अहिले पम्पमा गएर इन्धन भर्न पनि २ देखि ३ मिनेट कम्तिमा लाग्छ। 

अकेरिका र बेलायतमा व्यापक रुपमा गरिएको अनुसन्धानले ब्याट्री प्रविधिमा नवीनतम् विकास भएकाले र त्यो तत्कालै ठूलो संख्यामा उत्पादन र प्रयोगमा ल्याउन सकिने अवस्थामा रहेको न्योबोल्टका सहसंस्थापक तथा सीईओ साइ शिवरेड्डीले बताएका छन्। 

न्योबोल्टको प्रविधि बेलायतको क्याम्ब्रिज विश्वविद्यालयसँगको दशक लामो अनुसन्धानबाट उक्त प्रविधिको विकास गरेको हो। यो अनुसन्धानको नेतृत्व क्याम्ब्रिज विश्वविद्यालयका ब्याट्री वैज्ञानिक क्लार ग्रे र क्याम्ब्रिजकै विद्यार्थी शिवरेड्डीले गरेका हुन्। उनीहरूले विकास गरेको प्रविधिले ब्याट्रीको लाइफमा कुनै प्रभाव नगर्ने र ब्याट्री नतातिकनै सुपर फास्ट चार्ज हुनेछ। यो प्रविधिले लिथियम आयन ब्याट्रीमा अन्य कारणले हुन सक्ने तापक्रम वृद्धिलाई समेत नियन्त्रण गर्न सक्ने दाबी गरिएको छ। 

न्योबोल्ट ब्याट्री उत्पादन कम्पनी पनि भएको र हाल यो कम्पनीले ८ विद्युतीय कार उत्पादकका लागि ब्याट्री उपलब्ध गराउँदै आएको छ। हाल ३५ किलोवाट आवर ब्याट्रीका लागि प्रयोगमा आएको यो सुपर फास्ट चार्जिङ प्रविधि निकट भविष्यमै ठूलो ब्याट्री प्याकमा पनि उपलब्ध हुने अनुमान गरिएको छ। 

अहिले विद्युतीय सवारीको नकारात्मक पक्षका रुपमा रहेको भनेकै ब्याट्री चार्ज गर्न लाग्ने समय हो। घरमा चार्ज गर्न नमिल्ने, लामो यात्रामा जाँदा चार्जका लागि कुर्नुपर्ने कारणले केही उपभोक्ता आकर्षित हुन सकेका छैनन्। तर नेपाल जस्तो धेरै लामो यात्रा गर्नुनपर्ने हुँदा विद्युतीय सवारी उपयुक्त नै ठहरिँदै गएको छ। सुपर फास्ट चार्जर आउँदा सबै खाले यात्रा गर्नेका लागि उपयोगी हुनेछ। 

चार्जरमात्र होइन विद्युतीय सवारीको ब्याट्रीमै पनि व्यापक अध्ययन अनुसन्धान भइरहेको छ। विगतको तुलनामा ब्याट्रीको मूल्य निकै कम भएको छ भने ब्याट्रीका अन्य पक्षहरूपनि सुधार हुँदै गइरहेको छ। आगामी दिनमा अझै परिस्क्रित र थप सस्तोमा आउनेछ।   


प्रकाशित : बिहीबार , असार २० २०८११०:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend