बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

३ अर्ब ६६ करोडको लागतमा तीनसय शैय्याको जीवन विकास सामुदायिक अस्पताल निर्माण हुने

सोमबार, असार १७ २०८१
३ अर्ब ६६ करोडको लागतमा तीनसय शैय्याको जीवन विकास सामुदायिक अस्पताल निर्माण हुने

अस्पतालको भवन निर्माणमा १ अर्ब ९८ करोड र जग्गाको लगात भने ३० करोड रुपैयाँ रहेको छ।  प्रस्तावित अस्पतालको जग्गा १ लाख १४ हजार ९ सय ७ वर्गमिटर रहेको छ।

काठमाडौं- कोशी प्रदेशको मोरङ कटहरी गाउँपालिका वडा नम्बर २ मा तीनसय शैय्याको सामुदायिक अस्पताल निर्माण हुने भएको छ।

३ अर्ब ६६ करोड ६७ लाख रुपैयाँमा जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसन निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक गरिएको छ। 

वन तथा वातावण मन्त्रालयले रिपोर्ट सार्वजनिक गरेको हो। आयोजनाको प्रस्तावक जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसन रहेको छ।

प्रस्तावित अस्पताल विराटनगर विमानस्थलबाट ६.९ किलोमिटर र विराटनगर अस्पतालको बसपार्कबाट ३.८ किलोमिटर दुरीमा रहेको छ।

प्रस्तावित अस्पतालमा तीनवटा भवन निर्माण हुने छ। सात तलाको 'ए ब्लक', तीन तलाको 'बी ब्लक' र ८ तलाको 'सी ब्लक' निर्माण हुने छ।

अस्पतालको भवन निर्माणमा १ अर्ब ९८ करोड र जग्गाको लगात भने ३० करोड रुपैयाँ रहेको छ।  प्रस्तावित अस्पतालको जग्गा १ लाख १४ हजार ९ सय ७ वर्गमिटर रहेको छ। 

अस्पतालमा जनस्वास्थ्य सेवा नियमावली, २०७७ को अनुसूची १ अनुसारको आधारभूत स्वास्थ्य सेवाहरु जस्तै खोप सेवा, एकीकृत नवजात शिशु तथा बालरोग व्यवस्थापन सेवा, पोषण सेवा, गर्भवती, प्रसव तथा सुत्केरी सेवा, परीवार नियोजन, गर्भपतन तथा प्रजनन स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ। 

यसैगरी मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य सेवा, सरुवा रोगसम्बन्धि सेवा, नसर्ने रोग तथा शारीरिक विकलाङ्गतासम्बन्धि सेवा, मानसिक रोगसम्बन्धि सेवा, जेष्ठ नागरिक स्वास्थ्यसम्बन्धि सेवा, सामान्य आकस्मिक अवस्थाका सेवा, स्वास्थ्य प्रवर्द्धन सेवा आयुर्वेद तथा अन्य परम्परागत स्वास्थ्य सेवासमेत अस्पतालबाट उपलब्ध गाराउने रिपोर्टमा उल्लेख छ।

यसैगरी श्वासप्रश्वास, मुटु, पेट, मस्तिष्क तथा नसा, मुत्रप्रणाली, प्रजनन् स्वास्थ्य, हाडजोर्नी, मेटाबोलिक तथा ग्रन्थिसम्बन्धि, नाक, कान, घाँटी, आँखा पोलाइ, मानसिक स्वास्थ्य, बिषाक्त औषधि ओभरडोजसम्बन्धि, सर्पदंश, किरा तथा जनावर टोकाइ, बालरोग, सामान्य आकस्मिक अवस्थाका स्वास्थ्य सेवासम्बन्धि जस्तै आकस्मिक अवस्थाको प्राथमिक व्यवस्थापनका आकस्मिक स्वास्थ्य सेवाहरु उपलब्ध गराउने रिपोर्टमा उल्लेख छ। अस्पताल निर्माणको अवधि तीन वर्षको रहेको छ।


प्रकाशित : सोमबार, असार १७ २०८११३:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend