शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

किया ईभी फाइभ नाडा अटो शो २०२४ मा आइपुग्ने, कति पर्ला मूल्य?

शुक्रबार, असार १४ २०८१
किया ईभी फाइभ नाडा अटो शो २०२४ मा आइपुग्ने, कति पर्ला मूल्य?

कियाले ईभी फाइभ २०२३ अगस्टमा औपचारिक रुपमा सार्वजनिक भएको थियो। चीनमा ईभी फाइभले टेस्ला मोडल वाईसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको थियो।

काठमाडौं- कियाको नयाँ विद्युतीय कार ईभी फाइभ यो वर्षको नाडा अटो शोमा नेपाल आइपुग्ने भएको छ। कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले अर्को ईभी ल्याउने तय भएको हो। 

कोरियाली कार उत्पादक कम्पनी किया विद्युतीय कार उत्पादनमा आक्रामक बनेको छ। ईभी सिक्स र ईभी नाइन तथा ईभी फाइभ कियाले विश्व बजारमा ल्याइसकेको छ। कियाले पछिल्लोपटक ईभी सिक्स ल्याएर विद्युतीय कार उत्पादनमा प्रवेश गरेको थियो। 

त्यसपछि फुल साइजको एसयूभी ईभी नाइन कियाले विश्व बजारमा ल्याएको थियो। कन्टिनेन्टलले किया ईभी सिक्स गत वर्षको अटो शोपछि र ईभी नाइन गएको जेठमा नेपाल ल्याएको हो। 

विद्युतीय कार सेगमेन्टमा ईभी वानदेखि ईभी नाइनसम्मको लाइनअपको कन्सेप्ट कियाले सार्वजनिक गरिसकेको छ। यो पोर्टफोलियोमा सस्तो मूल्यको ह्याचब्याक ईभीदेखि प्रिमियम एसयूभीसम्म समावेश छन्। ईभी नाइन प्रिमियम ईभी ईभी एसयूभी हो भने ह्याचब्याक सेगमेन्टको ईभी वान उत्पादन भइसकेको छैन। 

२०२३ को डिसेम्बरमा कियाले विश्व बजारका लागि औपचारिक रुपमा चीनमा ईभी फाइभ एसयूभी सार्वजनिक गरेको थियो। यो विद्युतीय एसयूभीको सुरुवाती मूल्य २० हजार अमेरिकी डलर तय गरिएको थियो। चीनमा उत्पादन भएकाले उक्त ईभीमा सहुलियतपछि उक्त मूल्य तय भएको हुनसक्छ। सोही कारण विश्वका अन्य देशमा निर्यात हुँदा यो कारको मूल्य केही बढ्न सक्छ। 

कियाले ईभी फाइभ २०२३ अगस्टमा औपचारिक रुपमा सार्वजनिक भएको थियो। चीनमा ईभी फाइभले टेस्ला मोडल वाईसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको थियो। 

madhes - satish kumar singh - mukhyamantri.jpg

नेपाली बजारमा पनि विद्युतीय कारको प्रतिस्पर्धा उच्च हुँदै गएको छ। एसयूभी सेगमेन्टमा ५० देखि ६० लाख रुपैयाँ मूल्य वरिपरीमा अझै धेरै प्रतिस्पर्धा हुने देखिएको छ। जेठ १५ मा आएको बजेटमा कर बढ्नुअघि ६० देखि ६५ लाख रुपैयाँ किया ईभी फाइभ ल्याउने तयारी कम्पनीको थियो। तर बजेटमा कर बढेकाले सो कारको मूल्य ५ लाख रुपैयाँसम्म बढ्ने अनुमान गरिएको छ।  

किया ईभी फाइभ ४६ सय १५ एमएम लामो, १८ सय ७५ एमएम फराकिलो र १७ सय १५ एमएम अग्लो छ। किया ईभी फाइभमा ६४.२ किलोवाटको ब्याट्री प्याक रहेको छ। एक पटकको फुलचार्जमा ५ सय ३० किलोमिटर रेन्ज दिने दाबी गरिएको यो ईभीमा १ सय ६० किलोवाटको मोटर जडान गरिएको छ। 

त्यस्तै ईभी फाइभको लङ रेन्ज मोडलमा ८८.१ किलोवाट आवरको ब्याट्री प्याक छ भने यसले एक पटकको फुल चार्जमा ७ सय २० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। 

विगतमा सोल ईभी र निरो ईभी नेपाली बजारमा बिक्री गरेको कन्टिनेन्टल ट्रेडिङले किया ईभी सिक्स र ईभी नाइन ल्याएर बिक्री सुरु गरिसकेको छ भने अब ईभी फाइभ ल्याउँदै छ। निक्कै आकर्षक डिजाइनमा रहेको यो एसयूभी नेपाली उपभोक्ताको रोजाइमा पर्ने छ। त्यस्तै नाडा अटो शो २०२४ मा किया ईभी फाइभले अवलोकनकर्ताको ध्याक खिच्नेछ।


प्रकाशित : शुक्रबार, असार १४ २०८११०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend