शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

काई एक्सथ्री प्रो ईभीमा 'प्राइसवार' : जीओ अटोमोबाइलले ४६ लाख ९९ हजारमै दिने

बिहीबार , असार १३ २०८१
काई एक्सथ्री प्रो ईभीमा 'प्राइसवार' : जीओ अटोमोबाइलले ४६ लाख ९९ हजारमै दिने

कम्पनीले सुरुवाती मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र अर्को भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

काठमाडौं-  गोल्छा अर्गनाइजेसनअन्तर्गतको जीओ अटोमोबाइलले ल्याउने काई एक्सथ्री प्रो ईभीको मूल्य ४६ लाख ९९ हजारबाटै सुरु हुने भएको छ। तीन वटा समानान्तर डिलर नियुक्त भएकाले मूल्यमा प्रतिस्पर्धा हुने भएको छ। यसले उपभोक्तालाई भने फाइदा हुनेछ। 

यता आयातकर्ताहरूबीच भने प्राइसवार हुने देखिएको छ। जीओ अटोमोबाइलले काई भित्र्याउन केही समयअघि समझौता गरेको थियो।  

जीओ अटोमोबाइलले काईको शोरुम काठमाडौंको थापाथलीमा स्थापना गर्ने तयारी गरेको छ। अबको केही समयभित्र काईका विद्युतीय कार नेपाल ल्याउने गरी काम भइरहेको कम्पनीले जनाएको छ। कम्पनीले सुरुवाती मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र अर्को भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

कम्पनीले काई ब्रान्डको आक्रामक बजार विस्तारका लागि गाडी आयात प्रक्रियासँगै शोरुम, सेल्स, सर्भिसलगायतको तयारीसमेत सुरु गरिसकेको छ। जीओ अटोमोबाइलले पनि सुरुमा काईको एक्सथ्री प्रो नै नेपाल ल्याउने छ। 

काई एक्सथ्री प्रोमा सीएटीएलले उत्पादन गरेको लिथियम आयन फस्फेट ब्याट्री प्रयोग गरिएको छ। यो कारमा प्रयोग भएको इन्टिग्रेटेड लिक्विड कुलिङ सिस्टमसहितको ब्याट्रीले ४ सय १ किलोमिटरसम्म रेन्ज दाबी गरिएको छ।

काई एक्सथ्री प्रोमा ५२.७ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ। यो कारमा १०.२५ इन्चको कुल ड्युअल स्क्रिन, अल्ट्रा हाई डेफिनेसन ३६० डिग्री प्यानोरामिक क्यामेरालगायत विशेषता उपलब्ध छ। 

फ्रन्टमा रहेको म्याकफर्सन इन्डेपेन्डेन्ट सस्पेन्सन र रियरमा रहेको मल्टी-लिंक इन्डेपेन्डेन्ट सस्पेन्सनले यात्रालाई आरामदायी र सहजता प्रदान गर्नेछ। 

यो कार डीसी फास्ट चार्जरको सहयोगमा ४५ मिनेटमा फुल चार्ज हुने कम्पनीले जनाएको छ। यो कारमा १ सय २० किलोवाट पिक पावरको मोटर छ। त्यस्तै यसले २ सय ८० एनएम पिक टर्क जेनेरेट गर्छ।

काई एक्सथ्री प्रोले ३.७७ सेकेन्डमै शून्यदेखि ५० किलोमिटरसम्मको स्पीड तय गर्न सक्छ। यो गाडी ४४ सय एमएम लम्बाइ, १८ सय ३१ एमएम चौडाइ र १६ सयउ ५३ एमएम उचाईको रहेको छ।


प्रकाशित : बिहीबार , असार १३ २०८१११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend