शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

टोम डोगर बुढीगण्डकी ४२.२० मेगावाट क्षमताको आयोजना निर्माणमा ९ अर्ब ८० करोड लाग्ने

बिहीबार , असार १३ २०८१
टोम डोगर बुढीगण्डकी ४२.२० मेगावाट क्षमताको आयोजना निर्माणमा ९ अर्ब ८० करोड लाग्ने

काठमाडौं- गोरखाको चुमनुब्री गाउँपालिकामा निर्माण हुने टोम डोगर (बुढीगण्डकी) जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन राय सुझावका लागि सार्वजनिक भएको छ।

वन तथा वातावरण मन्त्रालयले रिपोर्टमा राय सुझाव माग्दै सार्वजनिक गरेको हो। ४२.२० मेगावाट क्षमताको आयोजनाको लागत ९ अर्ब ८० करोड रुपैयाँ अनुमान गरिएको छ। 

आरओआर प्रकृतिको आयोजनाको डिजाइन डिस्चार्ज ५४.३ घनमिटर प्रतिसेकेन्ड र ग्रस हेड ९२.५ मिटर रहने छ। आयोजनबाट वार्षिक उर्जा उत्पादन २३३.३२ गिगावाट आवर रहनेछ।

आयोजनको हेडरेस टनेलको लम्बाइ १ हजार ८ सय २५ मिटर रहने छ। आयोजनाबाट उत्पादिन ४२.२० मेगावाट बिजुली ५१.१ किलोमिटर लम्बाइको १३२ केभीको डबल सर्किट विद्युत प्रसारण लाइन मार्फत गुम्दा सब स्टेशनमा जडान गरी राष्ट्रिय ग्रीडमा समाहित गर्ने रिपोर्टमा उल्लेख छ।

आयोजना गण्डकी प्रदेश गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर ४ र ५ मा पर्दछ। आयोजना ४ वर्षमा निर्माण सम्पन्न हुने वातावणीय रिपोर्टमा उल्लेख छ।


प्रकाशित : बिहीबार , असार १३ २०८११०:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend