बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्प अब टेलिकमको फोरजी सेवा

शनिबार, असार ८ २०८१
माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्प अब टेलिकमको फोरजी सेवा

काठमाडौं- नेपाल टेलिकमले प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्पमा फोरजी सेवा विस्तार गरेको छ।

कास्की जिल्लाको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्मा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको जनाएको छ। 

यसैगरी उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको टूजी मोबाइल सेवालाई स्तरोन्नति गरी सो क्षेत्रमा पनि फोरजी सेवा सञ्चालनमा ल्याइएको  टेलिकमको भनाइ छ।

समुद्री सतहबाट करिब ४ हजार मिटरको उचाईमा रहेका कास्की जिल्लाका मनमोहक पर्यटकीय स्थलहरु माछापुच्छ्रे बेस क्याम्प एवं अन्नपूर्ण बेस क्याम्पमा सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटकहरुलाई सहज हुनेछ।

साथै यस भेगका अन्य व्यवसायीहरु तथा स्थानीसमेत नेपाल टेलिकमको फोरजी मोबाइल सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीले लिएको छ।


प्रकाशित : शनिबार, असार ८ २०८१०८:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend