शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

यी हुन् नाडा अटो शो २०२४ मा सहभागिता जनाउने दुई र चारपांग्रे सवारी, विद्युतीय ब्रान्डको दबदबा

एमएडब्लूको ६ र सीजी मोटर्सको ८ वटा ब्रान्ड

बिहीबार , असार ६ २०८१
यी हुन् नाडा अटो शो २०२४ मा सहभागिता जनाउने दुई र चारपांग्रे सवारी, विद्युतीय ब्रान्डको दबदबा

काठमाडौं- नाडा अटो शो २०२४ मा दुईपांग्रे र चारपांग्रे गरी ४८ वटा ब्रान्डले सहभागिता जनाउने भएका छन्।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले बुधबार साँझसम्मा अटो शोमा सहभागी हुन इच्छुक कम्पनीहरुलाई दर्ताको समय तोकेको थियो। 

शुक्रबार नाडाले सहभागी हुन आवेदन दिनएकाहरुलाई गोला प्रथा गरेर स्टल छनोट गर्ने बताएका छ। नाडाले गत बिहीबारदेखि स्टल बुकिङ खुलाएको थियो।

नाडाले स्टल बुकिङका लागि ७ दिनको समय दिएको थियो। जेठ ३१ देखि आसार ५ गतेसम्मको समय तय गरेकोमा इच्छुक कम्पनीहरुले आवेदन दिएका हुन्।

गएको सोमबार बसेको नाडाको कार्यसमिति बैठकले भदौ ११ गतेदेखि नाडा अटो एक्सपो २०२४ गर्ने निर्णय गरेको थियो। करिब एक महिनादेखि नाडाले अटो एक्सपोमा सहभागी हुनेबारेमा आफ्ना सदस्यहरूसँग सर्वे सुरु गरेको थियो। 

भदौ ११ गतेदेखि सुरु हुने नाडा अटो एक्सपो २०२४ भदौ १७ गतेसम्म चल्नेछ। अटोमाबोइल व्यवसायीहरूका लागि नाडा अटो एक्सपो निकै महत्वपूर्ण सावित हुँदै आएको छ।

सवारीसाधन किन्ने र त्यसबारे जानकारी लिनेहरूका लागि एकैस्थानमा नेपाली बजारमा उपलब्ध ब्रान्ड तथा त्यससँग सम्बन्धित विषयको जानकारी लिन उपयुक्त स्थल सावित हुँदै आएको छ।

यी हुन् यो वर्षको अटो शोमा सहभागी हुने दुई पांग्रे र चार पांग्रे ब्रान्ड :

एमएडब्लू अटोकर्प प्रालि- दीपल

एमएडब्लू अटोकर्प प्रालि- सेरेस

एमएडब्लू अटोकर्प प्रालि- नामी

एमएडब्लू वृद्धि कर्मसियल भेहिकल प्रालि- फोटोन

एमएडब्लू वृद्धि कर्मसियल भेहिकल प्रालि- सोकोन

सीजी मोटर्स प्रालि- होजोन निटा

सीजी मोटर्स प्रालि- जीएसी आयोन वाई

सीजी मोटर्स प्रालि- एक्सपाङ

सीजी इभोलुसन प्रालि- अवतार

सीजी मोटर्स प्रालि- राडार

सीजी मोटर्स प्रालि- केवाईसी

सीजी मोटर्स प्रालि- किङलङ

सीजी मोटर्स प्रालि- हिरो

सूर्य अटोमोबाइल प्रालि- सुजुकी

पायोनियर मोटोकर्प प्रालि- जीकर

एसपीजी अटोमोबाइल प्रालि- ओमोडा

लक्ष्मी ई मोबिलिटी प्रालि- काई

सिप्रदी ट्रेडिङ प्रालि- टाटा मोटर्स

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि- हुन्डाई 

सांग्रिला मोटर्स प्रालि- सिट्रोन

पारामाउन्ट मोटर्स प्रालि- एमजी

सांग्रिला मोटर्स प्रालि- लिप मोटर

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइज प्रालि- किया

पुजा कन्ट्रक्सन प्रालि- एसआरएम

जी मोटर्स प्रालि- स्काइवेल

साइमेक्स इंक प्रालि- बीवाईडी 

इको अटो ट्रेडिङ प्रालि- गोनाओ भ्यान

फेरमी मोटर्स प्रालि- स्काइवर्थ भ्यान

त्रिवेणी मोटोकर्प प्रालि- डोङफेङ

मेगा बिजनेस ग्रुप प्रालि- सीएचटीसी/कामा

पुजा कन्स्ट्रक्सन प्रालि- भीजी मोटर/एसआरएम

शशिला मोटर्स प्रालि- बीएडब्लू

एनईभी नेपाल प्रालि- डीएफएसके

दक्ष अटोमोबाइल प्रालि- ईभी भ्यान 

नेबुला मोबिलिटी प्रालि- गोगोरो

रिसि ट्रेड सेन्टर- सीएफमोटो

रिसि ट्रेड सेन्टर- जीहो

क्लासिक ह्वील एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालि- गारओ

एस क्युप इन्टरप्राइजेज प्रालि- हेनरी/भोल्टस्

स्यामुकापु ट्रेडिङ प्रालि- वान ई स्कुटर 

स्यामुकापु ट्रेडिङ प्रालि- साइक्लोन

हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि- बजाज

केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालि- बेनेली

अल्फा अटोमोटिभ प्रालि- रोयल इनफिल्ड

भीजी अटोमोबाइल- प्रालि सुजुकी मोटरसाइलक 

वैद्य इनर्जी प्रालि- एथर

कुजु नेपाल प्रालि- याडिया

एमएडब्लू राइडस् प्रालि- यामाहा

डेल्टा अटोकर्प प्रालि- भेस्पा/अप्रिलिया

इको इन्फिनिटी प्रालि- एनआईयू

शशिकला मोटर्स प्रालि- विलिङ भ्यान

यीसँगै सवारीका पार्टपुर्जा, वर्कशप, इक्युपमेन्ट, बैंक तथा वित्तीय संस्थाको पनि अटो शोमा सहभागिता रहने छ। यो वर्षको अटो शोमा ८० वटाभन्दा बढी स्टल रहने छन्।


प्रकाशित : बिहीबार , असार ६ २०८१२३:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend