बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सेफ सन्तोष साहलाई बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि

मंगलबार, पुस १३ २०७८
सेफ सन्तोष साहलाई बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि

सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन्। बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा नेपाली सेफ साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर उक्त उपाधि जितेका हुन्।

काठमाडौं- सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन्। बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा नेपाली सेफ साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर उक्त उपाधि जितेका हुन्।

विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरूलाई पुनः अवसर दिँदै प्रतिस्पर्धा गराइएको हो। प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरु सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्क थिए।

बीबीसीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेसनल यूके’ मा नेपाली खाना लिएर उपविजेता बनेका सन्तोषको ख्याति गत वर्षदेखि चुलिएको थियो।

सिरहाका सन्तोषले १८ विभिन्न नेपाली भेगन’ खाना प्रस्तुत गरेका थिए। दोस्रो चरणको ‘फेस्टिभ फिस्ट’ मा उनले मौलिक परिकार कुखुराको तीते, बिरिया, तिलौरी, सात किसिमको तरुवा, भात, मासको दाल, गोलभेडांको चट्नी, कटर पोलेको, मालपुवा, बुनिया जस्ता विभिन्न नेपाली परिकार प्रस्तुत गरेका थिए।

गत वर्ष ३२ चर्चित सेफबाट सुरु भएको उक्त प्रतियोगितामा साह विभिन्न मौलिक नेपाली परिकार विश्वमाझ चिनाउन सफल भए।


प्रकाशित : मंगलबार, पुस १३ २०७८०२:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend