शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नेपालमा झन्डै ५ खर्ब लगानी गर्ने प्रक्रिया ‘होल्ड’ गरेर भारतीय उद्योगपति अडानीले भुटानमा गरे सम्झौता

सोमबार, असार ३ २०८१
नेपालमा झन्डै ५ खर्ब लगानी गर्ने प्रक्रिया ‘होल्ड’ गरेर भारतीय उद्योगपति अडानीले भुटानमा गरे सम्झौता

नेपालका सरका प्रमुखहरुले चासो नदिएपछि नेपालको लगानी ‘होल्ड’ गरेर अडानी भुटानतर्फ मोडिएका हुन्। यो सँगै नेपालमा झन्डै ५ हजार मेगावाट उत्पादन गर्ने प्रक्रियामा नेपाल पछि पर्ने देखिएको छ।

काठमाडौं- नेपालमा लगानी गर्न तम्सिएका भारतीय उद्योगी गौतम अडानी भुटानतर्फ मोडिएका छन्। व्यावसायिक समूह   ‘अडानी ग्रुप’ नेपालको जलविद्युतमा लगानी गर्नबाट तत्काललाई पछि हटेर भुटानमा सम्झौता गरेको हो।

अडानीले सामाजिक सञ्जाल एक्समा भुटानका राजा जिग्मे केशर नाम्गेल र भुटानी प्रधानमन्त्री छिरिङ तोग्वेसँगको फोटोसमेत सार्वजनिक गरेका छन्। उनले एक्समा ड्रुक ग्रिन पावर कर्पोरेसनसँग सम्झौतामा हस्ताक्षर भएको समेत उल्लेख गरेका छन्। 

भारतीय मिडियाहरुले पहिलो चरणमा अडानीले भुटानमा ५७० मेगावाट बिजुल उत्पादन गर्नेगरी सम्झौता भएको जनाएका छन्। भुटानको चुखा प्रान्तमा निर्माण हुने परियोजनालाई भारतमा विशेष महत्वका साथ हेरिएको छ।

नेपालका सरका प्रमुखहरुले चासो नदिएपछि नेपालको लगानी ‘होल्ड’ गरेर अडानी भुटानतर्फ मोडिएका हुन्। योसँगै नेपालमा झन्डै ५ हजार मेगावाट उत्पादन गर्ने प्रक्रियामा नेपाल पछि पर्ने देखिएको छ।  

adani.JPG

नेपालमा विमानस्थल, ठूला जलविद्युत र पूर्वपश्चिम जोड्ने प्रसारण लाइनमा लगानी गर्न अगाडि सरेका भारतीय अर्बपति अडानी तत्काल नेपालमा लगानी गर्नबाट हच्किएका थिए। नयाँ गठबन्धन सरकारबाट तर्सिएको भारतीय संस्थापनसँगै अडानी पनि नेपालमा लगानी अहिले ‘होल्ड’ गर्ने पक्षमा पुगेका हुन्। 

अडानीले विभिन्न परियोजनामार्फत नेपालमा ३ हजार ८ सय ५१ मेगावाट विद्युत तत्काल उत्पादन प्रक्रिया अगाडि बढाउन काम सुरु गर्न लागेका थिए। जसको लगानी झन्डै ५ खर्ब रुपैयाँ हाराहारी हुने तय छ भने प्रसारण लाइनमा पनि एक खर्ब रुपैयाँभन्दा बढी लगानी प्रस्ताव भएको थियो। 

अडानी समूहले जलविद्युत र विमानस्थल पूर्वाधारमा चासो दिएको थियो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गौतम अडानीले पत्र नै काटेर नेपालका ठूला जलाशययुक्त परियोजनामा लगानी गर्न इच्छुक रहेको जानकारी गराएका थिए।

उक्त पत्रसँगै तत्कालीन ऊर्जामन्त्री पम्फा भुसालले पनि सहकार्य गर्न भन्दै परियोजनाको सूचीसमेत तयार पार्न लगाएकी थिइन्। सोहीअनुसार परियोजना र प्रसारण लाइन निर्माणका लागि लगानी मोडालिटीमा छलफल भएका थिए। जसमा लगानी बोर्डले पनि प्रक्रियालाई अगाडि बढाइरहेको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगसमेत निकट रहेका अडानी नेपालमा बनेको पछिल्लो गठबन्धनबाट हच्किएका थिए। सरकार अहिले चीनसँग अस्वभाविक नजिक रहेको आरोप लागिरहँदा भारतीय लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन्। 

कर्णाली प्रदेशमा पर्ने फुकोट कर्णाली तथा तिला-१ र तिला-२ गरी तीनवटा जलविद्युत आयोजनामा तत्कालै लगानी गर्नसक्ने प्रस्ताव अडानी समूहले गरेको थियो। १० हजार मेगावाटको कर्णाली चिसापानी आयोजना र १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजना निर्माणमा पनि अडानी ग्रुपले चासो देखाएको थियो।

अडानी समूहले नेपालमै पहिलोपटक ७६५ केभी क्षमताको पूर्वपश्चिम प्रसारण लाइन निर्माणको प्रस्ताव पनि गरेको थियो। जुन प्रसारण लाइन नेपालको ऊर्जा क्षेत्रको विकासका लागि कोशेढुंगा हुने थियो। 

भारतको पूर्वाधार क्षेत्र खासगरी ऊर्जा र प्रसारण लाइनमा धेरै नै ठूलो लगानी गरेको अडानी समूह नेपालका परियोजनाहरूमा काम गर्न गम्भीर ढंगले चासो दिएको थियो। तर नेपालको अस्थिर नीतिका कारण तत्काल लगानी नगर्ने पक्षमा देखिएको उच्च सरकारी अधिकारीहरुको बुझाइ छ। 

नेपालमा २५ हजार मेगावाट बिजुली उत्पादन गर्न तम्सिएका भारतीय लगानीकर्ता हात झिक्ने तरखरमा नेपालमा २५ हजार मेगावाट बिजुली उत्पादन गर्न तम्सिएका भारतीय लगानीकर्ता हात झिक्ने तरखरमा

पहिलो चरणमा अडानीले चारवटा जलविद्युत आयोजनामा लगानीको प्रस्ताव गरेका थिए। जुन तिला-१ र २, फुकोट कर्णाली र मुगु कर्णाली हुन्। तिला-१ जलविद्युत आयोजनाको क्षमता ४ सय ४० मेगावाट छ भने तिला-२ अयोजना ४ सय २० मेगावाटको हो। तर यी आयोजनालाई क्रमशः ३ सय मेगावाट र २९७ मेगावाटमा बनाउने प्रस्ताव अडानीको थियो।  

त्यस्तैगरी फुकोट कर्णाली र मुगु कर्णाली आयोजना अहिले विद्युत उत्पादन कम्पनी मातहत छ। कालीकोटमै बन्ने फुकोट कर्णाली आयोजनाको क्षमता ४ सय ९२ मेगाावाट छ। त्यस्तै कर्णाली प्रदेशकै मुगु कालिकोट, हुम्ला तथा बाजुरा जिल्लामा बन्ने मुगु कर्णाली आयोजना जलाशययुक्त हो, जसको क्षमता १९०२ मेगावाट छ। यी आयोजना पनि अगाडि बढाउन अडानी समूह इच्छुक थियो। 

अडानी समूहले नेपालको जलविद्युतमा गर्ने भनिएको ५ खर्बभन्दा बढीको लगानी तत्काललाई ‘होल्ड’ अडानी समूहले नेपालको जलविद्युतमा गर्ने भनिएको ५ खर्बभन्दा बढीको लगानी तत्काललाई ‘होल्ड’


प्रकाशित : सोमबार, असार ३ २०८११४:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend